गाडी, मोबाइल, मोटरसाइकल र रक्सीको आयात प्रतिबन्ध लम्बाइयो

काठमाडौं। सरकारले गाडी, मोबाइल, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। विदेशी मुद्राको सञ्चितीमा अझै पनि अपेक्षा गरेअनुरुप सुधार नदेखिएको भन्दै मन्त्रालयले मंसिर मसान्तसम्म आयात प्रतिबन्ध कायम राख्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

सम्बन्धित सामग्री

आयात प्रतिबन्धले राजस्व संकलन लक्ष्य प्रभावित

सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउनका लागि आयात प्रतिबन्ध लगाउँदा राजस्व संकलन लक्ष्य नराम्ररी प्रभावित बनेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा सरकारले गत आर्थिक वर्षको वैशाख १३ गतेदेखि लागू हुने गरी १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । जुन, चालु आर्थिक वर्षमा पनि परिमार्जनसहित यथावत थियो ।यतिबेला सरकारले आयात प्रतिबन्ध फुकुवा गरे पनि साउनदेखि मंसिर अन्तिमसम्ममा आयात प्रतिबन्ध कायम थियो । सरकारले लामो समयसम्म गाडी, मोटरसाइकल र महँगा स्मार्टफोनको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । य

चौतर्फी दबाबपछि महँगा आयात प्रतिबन्ध हट्यो

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले महँगा सवारीसाधन, मोबाइल र मदिरा आयात प्रतिबन्ध हटाएको छ । बढ्दो आयात नियन्त्रण उपायका लागि भन्दै ८ महिनादेखि लगाउँदै आएको सवारीसाधन, महँगा मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध हटाउने निर्णय भएको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आगामी १ पुसदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको छ । यसअघि, आयातमा प्रतिबन्ध […] The post चौतर्फी दबाबपछि महँगा आयात प्रतिबन्ध हट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मदिरा, मोबाइल र गाडीमा लागेको आयात प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। सरकारले मदिरा, मोबाइल,  मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो।मंगलबार बसेको मन्त्रिपरिषद्को  बैठकले  आयातमा  लाग्दै  आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। मुख्यसचिवको   संयोजकत्वमा गठित समितिले  आयातमा बन्देज  खुलाउन  सिफारिस  गरेको  थियो।

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको हो । यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका एक मन्त्रीले […]

आयात प्रतिबन्ध खोल्न विश्व बैंकको सुझाव

काठमाडौं, कात्तिक १५ । विश्व बैंकले नेपालको अवस्था श्रीलंकाको जस्तो नभएको भन्दै केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ । सरकारले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै गत वैशाखदेखि निजी प्रयोजनका सवारीसाधन, महँगा मोबाइल, तयारी मदिरा, बढी क्षमताका मोटरसाइकल, खेल्ने तास, हीरा, सुर्तीजन्य पदार्थ, ठूला आकारका टेलिभिजनलगायत १० वस्तु आयातमा रोक लगाएको थियो […]

आयात प्रतिबन्ध खोल्न माग

व्यवसायीका विभिन्न संघसंस्थाहरुले सरकारले लगाएको आयात प्रतिबन्ध हटाउन माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायम रहेकोमा […]

आयात प्रतिबन्ध नथप्न माग

काठमाडौं । व्यवसायीका विभिन्न संघसंस्थाहरूले सरकारले लगाएको आयात प्रतिबन्धको म्याद नथप्न माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार जिप भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा […]

डेढ महिना लम्बियो आयात प्रतिबन्ध

तोकिएका कार, मोटरसाइकल, मदिरा र मोबाइलको आयातमा २८ असोजसम्म प्रतिबन्ध, कुरकुरे, टेलिभिजन, खेलौना, चुरोट, सुर्ती, हीरा र तासको आयात खुल्यो निजी क्षेत्रको चौतर्फी दबाबका बाबजुद सरकारले आयातको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।...

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म

१४ भदौ, काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार […]

केही वस्तुको आयात प्रतिबन्ध निरन्तर, मोबाइल र मोटरसाइकलमा थप कडाइ

काठमाडौंः सरकारले गत वैशाख १३ गते लगाएको १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिए पनि केही वस्तुमा तल-माथि गरेको छ। कुरकुरे, लेज, टीभीदेखि गाडीसम्मको आयात प्रतिबन्धलाई निरन्तरता दिएको सरकारले मोबाइल र मोटरसाइकल आयातमा थप कडाइ गरेको छ। यसअघि ६०० डलरसम्मको मोबाइल आयात गर्न पाइन्थ्यो। त्यसमाथिको मात्र प्रतिबन्ध थियो। अब भने ३०० डलरभन्दा…