फिस्लिङमा गाडी र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु

काठमाडौं । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । बिहीबार बिहान फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]