मधेस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता १४ लाख पुगे

जनकपुरधाम – मधेस प्रदेशमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या १४ लाख पुगेको छ। नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या १३ लाख ९० हजार २८५ पुगेको हो। राष्ट्र बैंकको वार्षिक प्रतिवेदन ०७८/७९ का अनुसार सबैभन्दा बढी धनुषामा २ लाख ३७ हजार ६४१ […]

सम्बन्धित सामग्री

एक वर्षमा साढे ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर लगायत प्रणालीबाट हुने कारोबार बढ्न थालेको हो । राष्ट्र बैंकअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड नाघेको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असारको मासिक भुक्तानी प्रणाली सूचक अनुसार नेपालमा मोबाइल बैंकिङका...

आर्थिक सर्वेक्षण २०७९/८० : वित्तीय स्थायित्वका सूचक कमजोर

काठमाडौं । बैंक, वित्तीय संस्थाको शाखा विस्तारसँगै पहुँच वृद्धि भए पनि वित्तीय स्थायित्वका सूचक भने कमजोर देखिएका छन् । आर्थिक वर्ष (आव) २०७९/८० को आर्थिक सर्वेक्षणका अनुसार चालू आवको शुरुआतसँगै वित्तीय स्थायित्वका सूचकहरू तुलनात्मक रूपमा कमजोर रहेका छन् ।  सर्वेक्षणमा बैंक, वित्तीय संस्थाको खराब कर्जा निरन्तर वृद्धि भएको र पूँजीका आधारमा बैंकहरूसँग जोखिम वहन गर्ने क्षमता पनि कमजोर रहेको औंल्याइएको छ । २०७५ असारमा बैंकहरूसँग १ दशमलव ६ प्रतिशतमात्र खराब कर्जा रहेकोमा २०७९ पुसमा २ दशमलव ६३ प्रतिशत पुगेको छ । यस अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा २ दशमलव ४९, विकास बैंकहरूको २ दशमलव ८२ र फाइनान्स कम्पनीहरूको ७ दशमलव ८२ प्रतिशत रहेको छ ।  बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको चैतसम्ममा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ३ दशमलव  शून्य ३ प्रतिशत पुगेको छ । पूर्वबैंकर अनलराज भट्टराई खराब कर्जा वृद्धिले वित्तीय क्षेत्रमा जोखिम बढाएको बताउँछन् । ‘खराब कर्जा वृद्धिले वित्तीय क्षेत्र अस्थिर र जोखिममा छ भन्ने देखाएको छ’ उनले भने, ‘यो आर्थिक वर्षको अन्त्यसम्ममा खराब कर्जा अझै बढ्ने भएकाले सचेत हुनुपर्छ ।’ यद्यपि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट होटेल तथा रेस्टुराँ, पशुपक्षीपालन, निर्माण क्षेत्रसँग सम्बद्ध कर्जा र ५ करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई आवश्यकता र औचित्यका आधारमा पुनर्तालिकीकरण तथा पुनःसंरचना गर्न सक्ने सुविधा दिएको छ । यस्तै लघुवित्त संस्थाहरूलाई पनि कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचना गर्न पाउने सुविधा दिएको छ ।  यसैगरी सर्वेक्षणमा नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीतिका कारण बैंक, वित्तीय संस्थाको संख्या घटे पनि शाखा विस्तारका कारण वित्तीय पहुँच भने वृद्धि भएको औंल्याइएको छ । बैंकमा कारोबार गर्ने सर्वसाधारणको संख्यासँगै विद्युतीय कारोबारमा पनि उल्लेख्य वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ ।  २०७९ फागुनमा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता ४ करोड ९२ लाख ५ हजार, कर्जा खाता १८ लाख ५४ हजार, मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ६५ लाख र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ७९ हजार पुगेको छ । चालू आवको फागुनसम्ममा बैंकमा ४२ लाख ३३ हजार निक्षेप खाता र २५ हजार कर्जाको खाता थप भएको छ ।  २०७९ फागुनमा बैंक, वित्तीय संस्थाका साथै लघुवित्तसमेत गरी ११ हजार ६२९ ओटा पुगेको छ । बैंकहरूका प्रतिशाखा २ हजार ५१० जनालाई वित्तीय पहुँच पुर्‍याएका छन् । १ वर्षअघि प्रतिशाखा जनसंख्याको अनुपात २ हजार ५१० थियो । मर्जर प्रक्रिया शुरू भएयता २०७९ फागुनसम्ममा २५७ ओटा बैंक, वित्तीय संस्था मर्जर प्रक्रियामा सहभागी भएको र १८४ ओटाको इजाजतपत्र खारेज भई ७३ ओटा कायम भएको छ । चालू आवमा मात्र १० ओटा बैंक मर्जर प्रक्रियामा संलग्न भई २६ बाट २१ ओटामा झरेको छ । आव २०७९/८० को फागुनसम्म १ लाख ४८ हजार ४५४ जना ऋणीलाई २ खर्ब ८ अर्ब ९६ करोड ऋण लगानी गरेको र त्यसमध्ये सबैभन्दा बढी ६७ दशमलव ८ प्रतिशत अर्थात् २ खर्ब ८ अर्ब ९६ करोड कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी भएको छ ।

मोबाइल बैंकिङ प्रयोगकर्ता एकै महिनामा पाँच लाखले बढे

डिजिटल बैंकिङ सेवामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या एकै महिनामा पाँच लाख माथिले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिनाको तुलनामा मङ्सिर मसान्तसम्ममा मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या पाँच लाख ११ हजार १५६ ले बढेर एक करोड ५९ लाख ४१ हजार ५३५ पुगेको हो । गत कात्तिक मसान्तसम्म यस्तो मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या एक करोड ५४ लाख ३० हजार ३७९ रहेको थियो । यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ सेवा लिने सेवाग्राहीहरूको सङ्ख्यामा समेत उल्लेखनीय वृद्

डिजिटल कारोबार र अनलाइन बैंकिङ

डिजिटल प्रविधिमा नेपालले गति लिँदै छ । कार्तिक महिनाको तथ्यांकमात्र हेर्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या डेढ करोडमाथि पुगिसकेको देखिन्छ । एटीएम कार्डको प्रयोगकर्ता कुल ९३ लाख माथि देखिन्छ, र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १२ लाख माथि रहेको देख्न सकिन्छ । देशमा धेरै भूभामा क्यूआर कोड र पीओस मेशिन देखिन्छ । हिजो जस्तो आज नगद नै बोकेर हिँड्नुपर्ने बाध्यता छैन । पेट्रोल पम्पदेखि पसलसम्म नगद कारोबारको विकल्प आइसकेको देखिन्छ । बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्‍याएको छ । बैंकबाहेकका क्षेत्रहरूमा पनि डिजिटल प्रविधिको बिगबिगी छ । एउटा दुर्गम भेगमा बसेर प्राथमिक शेयरमा भागेदार हुन सकिन्छ, दोस्रो बजारमा लगानी गर्न सकिन्छ । बीमासम्बन्धी सम्पूर्ण जानकारी र हिसाब बीमाको मोबाइल एप्लिकेशनमार्फत गर्न सकिन्छ । नागरिक लगानीकोषमा जम्मा भएको आफ्नो भागको हिसाब अनलाइन हेर्न सकिन्छ । यस परिवर्तनको निमित्त समग्र बैंक तथा वित्तीय संस्था एवम नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायको भूमिका सराहनीय छ । बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्‍याएको छ । दूर दराजको गाउँमा आज महँगो शुल्क तिरेर रिचार्ज कार्ड किन्नुभन्दा मोबाइल बैंकिङबाट टप अप गर्न थालिएको छ । आफ्नो खाताका बारे सामान्य जानकारी घरमै बसेर लिन सकिन्छ । प्लेनको टिकट किन्न कुनै बिचौलियाको प्रयोग गर्नु नपर्ने अवस्था आइसकेको छ । यी सबले गर्दा समग्र भुक्तानी प्रणाली आधुनिक बन्न थालेको छ । बेलायतमा २०२० मा ७६ प्रतिशतले अनलाइन बैंकिङ प्रयोग गरेको तथ्यांक देखिन्छ । स्ट्याटिस्टाको अध्ययनअनुसार सन् २०२४ सम्म एशियाली मुलुकहरूमा अनलाइन र मोबाइल बैंकिङको प्रयोग उच्च रहनेछ । सोही अध्ययनअनुसार हाल करीब विश्वको २ अर्ब जनसंख्याले अनलाइन बैंकिङ प्रयोग गरिरहेको छ । उक्त संख्या बढेर आगामी २०२४ सम्म साढे अर्ब पुग्नेछ । नेपालमा पनि यो गति उच्च छ । यसले नगदरहित कारोबारको सम्भावना बढेको छ । तर, बाहिर देखिएको तथ्यांकअनुरूप नेपाल यसका लागि अझै सक्षम भइसकेको छैन । बैंकिङ बानी परिवर्तन गर्नुपर्ने यस समयमा सानो समस्याले पनि आफ्नो नियमित बानी परिवर्तन गर्न आम सर्वसाधारणलाई हौसला चाहिन्छ । तर, प्राविधिक कठिनाइसँग जुध्न अझै नसकेको अवस्था छ । क्यूआरबाट भुक्तानी गर्दा पैसा काट्ने तर सम्बन्धितको खातामा नदेखिने समस्याले गर्दा डर त हुने नै भयो । त्यसै गरी सुरक्षा अर्को महत्त्वपूर्ण पक्ष हो । नेपालको अनलाइन बैंकिङ प्रणालीमा त्यस्तो घोटाला नभए तापनि सोझा सर्वसाधारण ठगिने काम भने भइरहेको छ । नातिले हजुरबुबाको मोबाइल बैंकिङ प्रयोग गरेर अनलाइन गेमको केही सुविधा खरीद गर्ने, गिरोहले खाताको रकम चोर्नेजस्ता सानातिना घटना भने भइरहेका छन् । प्राविधिक कठिनाइले गर्दा मर्कामा परेका ग्राहकहरू उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको देखिन्छ । एटीएमले खाताको रकम काट्ने तर भुक्तानी नदिने समस्याले धेरैलाई समस्यामा पारेको छ । अनलाइन रकमान्तर गर्ने क्रममा देखापर्ने प्राविधिक त्रुटिले गर्दा यसप्रति विश्वास घटेको पनि देखिन्छ । हामीले जतिसुकै डिजिटल प्रणालीको ब्याख्या गरे पनि आज पनि काठमाडौंमा खानेपानी महसुल भुक्तानी गर्न नगद लिएर काउन्टर नै पुग्नुपर्ने अवस्था छ । आज पनि विभिन्न जिल्लाबाट विद्युत् महसुल भुक्तानी गर्न घण्टांै हिँडेर सदरमुकाममा रहेको प्राधिकरणको कार्यालय नै पुग्नुपर्ने बाध्यता छ । अहिले पनि बसको टिकट काट्न अनलाइनभन्दा भौतिक माध्यम नै प्राथमिकतामा परेको देखिन्छ । यसले हाम्रो डिजिटल कारोबारको वास्तविकता झल्काउँछ । समयअनुरूप वित्तीयप्रणाली सुधार हुन आवश्यक छ । त्यसअनुरूपको आवश्यक परिवर्तन आत्मसात् गर्न पनि आवश्यक छ । शुरुआती क्रममा देखिएका त्रुटिहरूलाई क्रमिक रूपमा सुधार गरेर त्रुटिमुक्त सेवा प्रदान गर्दै जानु नै बिकास हो । ढड्डा प्रणालीबाट शुरू भएको बैंकिङ प्रणाली आज रोबोटयुक्त प्रणालीमा पुगिसकेको छ । विकास र परिवर्तन आवश्यक छ । तर, त्यसको निमित्त सबै पक्षको साथ आवश्यक पर्छ । वित्तीय समावेशिताको बहस अनलाइन बैंकिङमा पनि आउन आवश्यक छ । सवारीसाधनको बिल बुक अनलाइन भुक्तानीमार्फत नवीकरण गरिरहँदा किन उपत्यकाकै खानेपानी महसुल भुक्तानी गर्न भौतिक उपस्थिति चाहिने भन्नेबारे जवाफदेहिता बोक्न सक्ने क्षमता सम्बद्ध निकायको हुनुपर्छ । किन सुगम भेगकालाई विद्युत महसुल भुक्तानी गर्न अनलाइन माध्यम उपलब्ध छ र दुर्गम भेगलाई उक्त सुविधा छैन भन्ने जवाफ सम्बद्ध निकायसँग हुन आवश्यक छ । १० वर्ष अगाडि एटीममा रहेको समस्या अझै पनि छ । बैंक मात्र होइन, अझै पनि शेयरबजारमा हुने लीलामी प्रक्रिया अनलाइन मार्फत गर्न सकिँदैन, भौतिक उपस्थिति अनिवार्य रहिआएको छ । यदि हामी डिजिटल प्रणालीलाई स्वीकार गरी अगाडि बढ्ने हो भने हामीले गुनासोहरूलाई दृष्टिगत गरेर अगाडि बढ्न आवश्यक छ । सर्वप्रथम वित्तीय साक्षरता अभियानलाई प्रवद्र्धन गर्न आवश्यक छ, जसअन्तर्गत अनलाइन प्रविधिको प्रयोग बुझाउन महत्त्वपूर्ण हुन जान्छ । यससँग आबद्ध जोखिम र स्वाभाविक तरीकाले हुने समस्या र त्यसको निमित्त गर्न सकिने समाधानको बारेमा ज्ञान प्रवाह गर्न आवश्यक छ । जबसम्म सर्वसाधारणले उक्त विषयहरू स्पष्ट रूपमा बुझ्न सक्दैनन्, यसमा निहित जोखिम रही नै रहने हुन्छ । हो, हिजोभन्दा हामी अगाडि छौं तर हामीले लिनुपर्ने गति अझै पनि आत्मसात् गर्न सकेका छैनौं । समय अवश्य चाहिन्छ तर अन्य क्षेत्रमा भइसकेको सुधार, समग्र क्षेत्रमा भित्र्याउन समयभन्दा पनि बढी विचार चाहिन्छ, जसको निमित्त सबै पक्ष एकीकृत रूपमा प्रस्तुत हुन आवश्यक छ । त्यसपछि मात्र डिजिटल प्रणालीमा विश्वास जाग्नेछ, सहभागिता सुनिश्चित हुने छ र नगदरहित अर्थतन्त्रमा हामी फड्को मार्न सक्नेछौं । रेग्मी बैंकर हुन् ।

जनसंख्याभन्दा बढी निक्षेप खाता : ६७% नेपालीमा मात्र वित्तीय पहुँच

काठमाडौं । नेपालमा निक्षेप खाताको संख्या जनसंख्या भन्दा बढी नै रहेको छ । तर, वित्तीय पुहँच भने ६७ दशमलव ३४ प्रतिशत नेपालीमा पुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय पहुँचसम्बन्धी अध्ययनले यस्तो देखाएको हो । अध्ययनअनुसार २०७७ जेठसम्म ३ करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएको छ, जुन नेपालको जनसंख्या भन्दा बढी हो । त्यसमध्ये २ करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेको छ, तीनपुस्ते विवरणको आधारमा एक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा ६७ दशमलव ३४ प्रतिशत जनतामा वित्तीय पहुँच विस्तार भएको अध्ययनले देखाएको छ । अध्ययनले भने निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकका आधारमा वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । अघिल्लो आवको ११ महीनामा मात्र थप ६ दशमलव ४४ प्रतिशत विन्दु जनसंख्यामा वित्तिय पहुँच पुगेको देखिन्छ । २०७६ असारमसान्तसम्म ६० दशमलव ९ प्रतिशत नेपालमिा वित्तीय पहुँच पुगेको थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय वित्तिय पहुँच बढेको बताए । ‘हामीले निक्षेप खाता सम्बन्धमा एकदम गहिराईमा गएर अध्ययन गरेका छौं । त्यसले नेपालमा पछिल्लो समय वित्तीय पहुँच विस्तार नै भएको देखिएको छ,’ उनले भने, ‘निक्षेप खाता सम्बन्धमा प्रदेश तथा स्थानीय तहगत रूपमा पनि अध्ययन गरिएको छ ।’ राष्ट्र बैंकले २ करोड ९९ लाख ९६ हजार ४७८ जनसंख्यालाई आधार बनाएर उक्त अध्ययन गरेको हो । ‘क’ ख’ र ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा उक्त अध्ययन प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकको भनाइ छ । निक्षेप खाता जनसंख्याभन्दा बढी पुगेको अवस्थामा कर्जा खाता भने अन्यन्त न्यून रूपमा विस्तार भएको देखिएको छ । अध्ययनअनुसार कर्जा खाता संख्या जम्मा १६ लाख ८२ हजार ८४५ पुगेको छ । ‘समग्रमा कर्जा खाताको संख्या थोरै नै देखिएको छ । यस विषयमा राष्ट्र बैंकले छुट्टै अध्ययन गर्नेछ,’ कार्यकारी निर्देशक श्रेष्ठले बताए । बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पुर्‍याउने नागरिकको संख्या भने क्रमशः घट्दै गएको पनि अध्ययनले देखाएको छ । वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायत नीतिगत व्यवस्थाले यस्तो अवस्था आएको अध्ययनले देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७७ चैत मसान्तमा ५ हजार ६९४ पुगेको छ । त्यसमा १ लाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंकको शाखा संख्या औसतमा १८ दशमलव ९८ प्रतिशत रहेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार प्रदेश १ मा १८, प्रदेश २ मा १०, वागमती प्रदेशमा ३० प्रतिशत शाखाले प्रति १ लाख नागरिकलाई बैंकिङ सेवा दिँदै आएको देखिएको छ । यस्तै, गण्डकी प्रदेशमा ३०, लुम्बीनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १२ प्रतिशत शाखाले प्रति १ लाख नागरिकलाई बैंकिङ सेवा दिँँदै आएको देखिएको छ । ग्रामीण क्षेत्रमा प्रति १ लाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ दशमलव ५४ र महानगरपालिकामा ४५ दशमलव ७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ । निक्षेप खाता खोल्ने मामिलामा वागमती प्रदेशका नागरिकले बढी खाता खोलेको देखिएको छ । वागमती प्रदेशमा प्रतिहजार १ हजार ८०२ जनाले खाता खोलेको देखिएको छ । कर्णाली प्रदेशमा भने सबै जनताले बैंक खाता नखालेको देखिएको छ । त्यहाँ प्रतिहजार ४५८ जनाले मात्रा बैंक खाता खोलेका छन् । कुल निक्षेप खातामध्ये ६७ दशमलव ७ प्रतिशत खाता मात्र सक्रिय रहेको अध्ययनले देखाएको छ । ग्रामीण नगरपालिकामा ८१ दशमलव ५ प्रतिशत खाता सक्रिय रहेको अध्ययनले देखाएको छ । कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको अंश भने ९० दशमलव ६ प्रतिशत र मुद्दती निक्षेप खाताको अंश ३ दशमलव १ प्रतिशत रहेको छ । व्यक्तिगत खातामा ९६ दशमलव १५ प्रतिशत अंश वयस्क व्यक्तिको अंश (१५ वर्षभन्दा माथि) रहेको छ ।  एटीएम कार्ड प्रयोग गर्र्ने ग्राहकको संख्या भने २० दशमलव ३५ प्रतिशत देखिएको छ । यसैग्रि मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ दशमलव ३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३ दशमलव ८६ प्रतिशत देखिएको छ । उमेर गत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको छ । युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने देखिएको अध्ययनले देखाएको छ ।

महिलाभन्दा मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा पुरूष धेरै

नेपालमा महिलाभन्दा पुरूषले सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको नेपालमा वित्तिय पहुँच सम्बन्धि अध्ययन प्रतिवेदनमा  महिलाभन्दा बढी पुरूष मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको देखाएको छ ।  प्रतिवेदन अनुसार ३३.५० प्रतिशत पुरूष मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् । भने २९.३७ प्रतिशत महिला मोबाइल बैंकिङ...