निक्षेप र कर्जा परिचालन मात्रै नभई इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा पनि बाग्मती प्रदेशमै केन्द्रित रहेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । मुलुकको संघीय संरचना अनुसार समग्र वित्तीय सेवा विकेन्द्रित हुन नसक्दा इन्टरनेट र मोबाइल बैकिङ सेवा पनि बाग्मती प्रदेशमा केन्द्रित रहेको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।