एक वर्षमा साढे ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर लगायत प्रणालीबाट हुने कारोबार बढ्न थालेको हो । राष्ट्र बैंकअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड नाघेको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असारको मासिक भुक्तानी प्रणाली सूचक अनुसार नेपालमा मोबाइल बैंकिङका...

सम्बन्धित सामग्री

२२औं वर्षमा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स

काठमाडौं  । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड २२औं वर्षमा प्रवेश गरेको छ । विगत २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाको हालसम्म निक्षेप संकलन रू. ७ अर्ब २६ करोड तथा कर्जा रू. ६ अर्ब २ करोड प्रवाह भएको बताइएको छ । संस्थाको चुक्तापूँजी रू. १ अर्ब १ करोड २१ लाख ७६ हजार रहेको छ ।  संस्थाले विगत ५ वर्षदेखि वार्षिक रूपमा ललितपुरको बुंगमतीमा रहेको अपांग सेवा संघलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिनेगरी सम्झौता गरिएको बताइएको छ । २१औं वार्षिकोत्सवको अवसरमा नि:सहाय सेवा सदन, शान्तिनगरका ज्येष्ठ नागरिकलाई भोजन उपलब्ध गराइएको संस्थाले जानकारी दिएको छ । संस्थाका प्रधान कार्यालय समेत २३ शाखा कार्यालय र ४ एक्सटेन्सन काउन्टर छन् । संस्थाले एटीएम कार्ड, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, ईसीसी, आरटीजीएस, आईपीएस, कर्पोरेट पे, क्यूआर पेमेन्ट, सेफ डिपोजिट लकर, टपअप सुविधा, रेमिट्यान्स लगायत सेवा उपलब्ध गराउँदै आएको बताइएको छ । व्यक्तिगत निक्षेप खाताका लागि रू. ५ लाखसम्मको निक्षेप बीमा गरिएको संस्थाले जानकारी दिएको छ ।

एफवान सफ्ट २०औं वर्षमा प्रवेश

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदान गर्दै आइरहेको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २०औं वर्षमा प्रवेश गरेको छ । डिजिटल वित्तीय सेवा पुर्‍याउने उद्देश्यले सन् २००४ मार्च ६ देखि आफ्नो सेवा शुरू गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको दाबी गरेको छ । एसएमएस बैंकिङबाट आफ्नो सेवा शुरू गरेर हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता प्रविधिहरू निर्माण गर्दै आएको कम्पनीको भनाइ छ । कम्पनीले उपभोक्ताको दिनचर्या सहज बनाउँदै मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउन प्र्रविधि निर्माण गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । डिजिटल नेपाल बनाउँदै अर्थतन्त्रलाई नै डिजिटलाइज गरी देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने उद्देश्य कम्पनीले राखेको उनले बताए । ‘यसका लागि हामी आगामी दिनमा अझ मेहनतका साथ अत्याधुनिक प्रविधि निर्माणमा लाग्छौं,’ उनले भने ।

प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा बढ्दो, शाखारहित बैंकिङ सेवा घट्दो

प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकको सङ्ख्या एक वर्षमा ६५.७ प्रतिशतले वृद्धि भएको छ । प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवा लिनेको सङ्ख्या २०७७ सालमा ८३ हजार २८३ थियो । ०७८ सालमा यो सङ्ख्या बढेर १ लाख ३७ हजार ९६६ पुगेको छ ।यस्तै मोबाइल बैंकिङ सेवा लिनेको सङ्ख्यामा पनि ३१.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ सालमा १८ लाख ९२ हजार ४३७ जनाले मोबाइल बैंकिङ सेवा लिएका थिए भने २०७८ सालमा यो सङ्ख्या २४ लाख ८६ हजार ९८२ पुगेको छ ।डेबिट

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता योजना

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरूको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मुद्धती खाता सञ्चालनमा ल्याएको छ ।यस खातामा ग्राहकहरूले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रूपैयाँमा खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, भिषा डेबिट कार्ड र […]

बैंकमा हुने ठगीका घटनामा मोबाइल बैंकिङ ठगी दोस्रो नम्बरमा

काठमाडौं, माघ ६ । कोरोना भाइरसको महामारी र नयाँ डिजिटल मुद्राको सञ्चालन बढेपछि पछिल्लो समय भारतमा ठगी एवम् धोकाधडीका घटनाहरु बढेका छन् । यसको सामना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सकस भइरहेको डेलोइट इन्डियाले हालै गरेको एक सर्वेक्षणले देखाएको छ । यो प्रवृत्तिले भारतमा निरन्तरता पाउने पनि डेलोइटले दावी गरको छ । आगामी दुई वर्षमा यस्ता […]

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई सहुलियत प्रदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशनमा छुट प्रदान गर्ने भएको छ । मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।  साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ । यो योजना माघ १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेछ । आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी  ५७औँ वर्षमा प्रवेश गर्दै छ ।

फोनपे तेस्रो वर्षमा प्रवेश

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।कम्पनीका अनुसार डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढी मर्चेन्ट पुगेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार […]

क्यूआर भुक्तानी प्रदायक फोनपे तेस्रो वर्षमा, दैनिक तीस करोड बढीको कारोबार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । फोनपेमा हाल पाँच लाख २५ हजारभन्दा बढी मर्चेन्ट पुगेको जनाइएको छ । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुई...