डिजिटल बैंकिङ सेवामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या एकै महिनामा पाँच लाख माथिले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिनाको तुलनामा मङ्सिर मसान्तसम्ममा मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या पाँच लाख ११ हजार १५६ ले बढेर एक करोड ५९ लाख ४१ हजार ५३५ पुगेको हो । गत कात्तिक मसान्तसम्म यस्तो मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या एक करोड ५४ लाख ३० हजार ३७९ रहेको थियो । यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ सेवा लिने सेवाग्राहीहरूको सङ्ख्यामा समेत उल्लेखनीय वृद्