राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड खर्च, ७१ हजार २४ वितरण

गत दुई वर्षमा राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड ७४ लाख खर्च भएको छ । महालेखापरीक्षणकको ५८ प्रतिवेदनमा राष्ट्रिय परिचयपत्र कार्यक्रमका लागि गत वर्ष र यसवर्ष समेत १ अर्ब ६४ करोड ७४ लाख खर्च भएकोमा सोभन्दा अगाडिको खर्च विवरण प्राप्त हुन नसकेको उल्लेख गरिएको छ ।  गत असार मसान्तसम्म ७१ हजार २४ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०७७ असार मसान्तसम्म १ लाख १४ हजार ७३९...

सम्बन्धित सामग्री

जलेश्वर भन्सारले उठायो डेढ अर्बभन्दा बढी राजस्व

जनकपुरधाम। महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा रू. १ अर्ब ५६ करोड १९ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्लाको मलिवाडामा रहेको कार्यालयले चालू आर्थिक वर्षको ६ महीनामा रू. १ अर्ब ८६ करोड ६ लाख राजस्व असुलीको लक्ष्य पाएको थियो । मासिक राजस्व संकलनको अवस्था हेर्दा कार्यालयले साउनमा लक्ष्यको १२३ दशमलव ९५, भदौमा ९२ दशमलव ४४, असोजमा ७३ दशमलव ८६, कात्तिकमा ८१ दशमलव २८, मङ्सिरमा ७५ दशमलव ११ र पुसमा ६८ दशमलव २५ प्रतिशत राजस्व संकलन गरेको देखिएको छ । कार्यालयले चालू आर्थिक वर्षमा ३ अर्ब ७६ करोड २३ लाख राजस्व संकलनको लक्ष्य पाएको कार्यालय प्रमुख अमित पौडेलले जानकारी दिए ।  भन्सार विभागले दिएको लक्ष्य प्राप्ति गर्न कार्यालय प्रयासरत रहेको उनको भनाइ छ । यद्यपि गत आर्थिक वर्ष २०७९/८० को ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कार्यालयको राजस्व संकलन घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महीनामा कार्यालयले १ अर्ब ३३ करोड ७० लाख ४६ हजार राजस्व असुली गरेको थियो । सो अवधिमा कार्यालयले १ अर्ब ४९ करोड ३४ लाख ५३ हजार राजस्व संकलनको लक्ष्य पाएको थियो । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन भएको छ । भारतबाट भिठामोड नाका भएर नेपाल भित्रिने पेट्रोलियम पदार्थ, कोइला र जिप्सनबाट बढी राजस्व संकलन हुने गरेको भन्सार प्रमुख पौडेलले बताए ।

साताकाे पहिलाे दिन २६ अंकले घट्याे नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २६ अंकले घटेको छ । शेयर बजारमा आज २६.८७ अंकले घट्दै १८८८.२७ बिन्दुमा कायम भएको छ । अघिल्लो साताको अन्तिम कारोबारका दिन बिहीबार मात्रै १८.१५ अंकले घटेको बजारमा आज ३७ लाख ५४ हजार ३३४ कित्ता शेयरको खरिदबिक्री हुदा बजारमा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार […]

प्रि -ओपन सेसनमा २.०६ अंक बढ्यो नेप्से परिसूचक

वैशाख १९, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव शून्य ६ अंकले बढेको छ । प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ३५८ दशमलव २३ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका ११ ओटा कम्पनीको रू. २ लाख ६१ हजार बराबरको शेयर खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ७१ हजार ५७० बराबरको शेयर खरीदविक्री भएको हो ।  गत साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २० अंक घटेर २ हजार ३५६ दशलमव १७ विन्दुमा बन्द भएको थियो । उक्त दिन कुल रू.१ अर्ब ४९ करोड बराबरको शेयर खरीदविक्री भएको थियो।

प्रि - ओपन सेसनमा ०.१९ अंकले बढ्यो नेप्से,११ ओटा कम्पनीको शेयर कारोबार

चैत १६, काठमाडौं  । साताको चौथो कारोबार दिन बुधवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव १९ अंकले बढेको छ । उक्त अवधिमा नेप्से परिसूचक २ हजार ५२७ दशमलव ७७ विन्दुमा पुगेको छ । उक्त अवधिमा कारोबारमा आएका ११ ओटा कम्पनीको रू. १ लाख ७१ हजार बराबरको शेयर खरीद विक्री भएको छ । सर्वाधिक शेयर खरीदविक्री भने नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू। ९ लाख २ हजार बराबरको शेयर   खरीदविक्री भएको हो ।  साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १४ दशलमव २६ अंक घटेर २ हजार ५२७ दशलमव ५८ विन्दुमा बन्द भएको थियो । उक्त कारोबार दिन कुल रू. १ अर्ब ७५ करोड बराबरको शेयर खरीदविक्री भएको थियो ।

भरतपुर आन्तरिक राजस्व कार्यालयले उठायो १ अर्ब ७ करोड राजस्व

चितवन (अस) । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्ष ०७८/७९ को माघमा १ अर्ब ७ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार उक्त  महिनामा सबै शीर्षक गरी १ अर्ब ७ करोड १ लाख ५१ हजार संकलन गरेको छ । कार्यालयले यो महिनामा लक्ष्यअनुसार कर संकलन गरेको छैन । यो महिनामा विभागले १ अर्ब ५१ करोड ५० लाख ७४ हजार लक्ष्य दिइएको थियो, जुन रकम २९ दशमलव २७ प्रतिशत कम हो । आयकर र स्वास्थ्य सेवाबाट मात्र लक्ष्यभन्दा बढी असुली कार्यालयले सबै शीर्षकमध्ये आयकर र स्वास्थ्य सेवा शीर्षकबाट मात्रै लक्ष्यभन्दा बढी कर असुलेको छ । विभागले माघमा कार्यालयलाई ८ करोड २० लाख ७७ हजार लक्ष्य दिइएकामा १५ करोड ४ लाख ८५ हजार रुपैयाँ संकलन गरेको छ भने स्वास्थ्य सेवा करमा ३ लाख ७१ हजार लक्ष्य दिइएकामा १९ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, सबैभन्दा बढी कर संकलन अन्तशुल्कबाट भएको छ भने शिक्षा सेवाबाट कुनै पनि रकम संकलन भएको छैन । कार्यालयले सो महिनामा अन्तशुल्कबाट ७७ करोड ११ लाख ७४ हजार संकलन गरेको छ । उक्त महिनामा विभागले कार्यालयलाई १ अर्ब २० करोड ८४ लाख ८६ हजार असुली लक्ष्य दिएको थियो । शिक्षा सेवा शीर्षकमा माघमा ४ लाख ६५ हजार असुली लक्ष्य दिएकामा शून्य रकम संकलन भएको हो । दोस्रो सबैभन्दा बढी असुली मूल्य अभिवृद्धि करबाट १२ करोड ६६ लाख ८१ हजार असुली भएको छ । यो शीर्षकमा विभागले १६ करोड ३७ लाख ५० हजार राजस्व संकलन लक्ष्य दिएको थियो । यसैगरी बहाल कर शीर्षकमा ४४ लाख ७२ हजार लक्ष्य दिएकामा ३४ लाख ८५ हजार संकलन र ब्याजकर शीर्षकमा ५५ करोड ४५ लाख ३ हजार लक्ष्य दिइएकामा १५ करोड ४ लाख ८५ हजार राजस्व असुली भएको छ । कार्यालयका कर अधिकृत सुशील लम्सालले कोरोनाकै कारण आर्थिक गतिविधि हुँदा राजस्व संकलन लक्ष्यअनुसार भेट्याउन नसकिएको बताए । ‘कोरोनाका कारण आर्थिक गतिविधि सुस्त भयो’, लम्सालले भने, ‘जाडोयाममा बियरको खपत कम भएकाले पनि अन्तशुल्क शीर्षकमा लक्ष्यभन्दा कम संकलन हुँदा समग्र रूपमा असर परेको हो ।’ आयकर शीर्षकमा पुसमा तिर्नुपर्ने रकम माघमा पनि आउने भएको लक्ष्यभन्दा बढी संकलन भएको र स्वास्थ्य सेवा कर शीर्षकको बक्यौता रकम असुली भएकाले लक्ष्यभन्दा बढी उठेको उनले बताए । ‘हाम्रो सबैभन्दा बढी करको स्रोत अन्तशुल्क, मूअक र आयकर नै हो’, उनले भने, ‘अन्य शीर्षकमा घटबढ हुँदा खासै लक्ष्यमा असर पर्दैन ।’ गर्मीयाम सुरु भएसँगै बियरलगायत अन्य पेय पदार्थको उत्पादन र बिक्री बढ्ने भएकाले आगामी महिनाबाट कर संकलन अपेक्षित हुने उनको भनाइ छ ।

बझाङमा ८९ करोड ७३ लाख बजेट फ्रिज, कुन स्थानीय तहको कति?

बझाङ : बझाङमा केन्द्रीय सरकार र प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि सरकारी कार्यालय तथा स्थानीय तहहरूलाई पठाएको रकममध्ये धेरै बजेट फ्रिज भएको छ।संघीय सरकारले जिल्लामा पठाएको चालु तर्फ ५ अर्ब ४९ करोड ८२ लाख ७१ हजार २ सय १४ रुपैयाँ र पुँजीगततर्फ ३७ करोड ५९ लाख ३६ हजार रकममध्ये चालु तर्फ, ३६ करोड ३६ लाख २२ हजार ८ सय ७२ र पुँजीगततर्फ ७ करोड ५२ लाख ९२ हजार ९ सय १६ रुपैयाँ फ्रिज भएको हो।प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि पठाएको चालुतर्फ ९९ करोड ६३ लाख ३५ हजार ५ सय रुपैयाँ र पुँजीगत त

वैशाखमा सिद्धार्थ म्युचुअल फण्डका दुबै योजनाको धितोपत्रको लगानीमूल्य वृद्धि

जेठ ११, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डका दुबै योजना सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को धितोपत्रको लगानीमूल्य बढेको छ ।  गत चैत महीनाको तुलनामा वैशाख महीनामा दुबै योजनको धितोपत्र लगानीमूल्यमा वृद्धि भएको हो । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित पहिलो योजना सिद्धार्थ इक्वीटी फण्डको गत महीना रू. १ अर्ब ७३ करोड ३५ लाख ३ हजार रहेको बैंक मुद्दती निक्षेप र धितोपत्रमा लगानी मूल्य यो महीना रू. १ अर्ब ९० करोड ८६ लाख ७३ हजार कायम भएको छ ।  गत महीनाको तुलनामा यस महीनामा योजनाले बैंक मुद्दती निक्षेपसहित धितोपत्रमा गरेको लगानीको मूल्य १० प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिसम्म योजनाले यी शिर्षकमा गरेको परल मूल्य ब्रोकर कमिसनसहित रू. १ अर्ब ३१ करोड ९ लाख ६० हजार रहेको छ । योजनाको प्रतिइकाई खुद मूल्य चैत मसान्तसम्म रू. १६ दशमलव ९९ रहेकोमा वैशाख मसान्तसम्म रू. १६ दशमलव ७५ रहेको छ । उक्त योजनाको नाफा भने यस महीना घटेको छ । योजनाले वैशाख मसान्तसम्म रू. ९६ करोड ९० लाख ८५ हजार नाफा गरेको छ । यो नाफा चैत मसान्तसम्म रू. १ अर्ब ५ करोड ३ लाख ८३ हजार थियो । चैत महीनाको तुलनामा उक्त योजनाको नाफा वैशाख महीनामा ३ दशमलव ६१ प्रतिशत घटेको हो । चैत महीनाको भन्दा वैशाखमा योजनाको आम्दानी कम र खर्च बढी भएकाले नाफामा कमि आएको हो । चैत महीनामा रू. १ अर्ब ३ करोड २६ लाख २५ हजार आम्दानी गरेको उक्त योजनाले रू. २ करोड ७२ लाख ४२ हजार खर्च गरेको थियो । वैशाख महीनामा भने योजनाले रू. १ अर्ब ९५ हजार आम्दानी गरेको छ भने रू. ३ करोड १० लाख ९ हजार खर्च गरेको छ । योजनाको यस अवधिसम्म प्राप्त भइसकेको आम्दानी रू. ४६ करोड ८८ लाख ५६ हजार रहेको छ भने प्राप्त भइनसकेको आम्दानी रू. ५३ करोड १२ लाख ३८ हजार रहेको छ । उक्त क्यापिटलको व्यवस्थापनमा सञ्चालित दोस्रो योजना सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को नाफा गत महीनाको भन्दा यो महीना ४ दशमलव २६ प्रतिशत घटेको छ । गत महीना रू. ८१ करोड ४८ लाख ३१ हजार नाफा गरेको योजनाले यस महीना रू. ७८ करोड ७९ हजार नाफा गरेको छ । सो योजनाको पनि यस महीनामा आम्दानी कम र खर्च बढी भएकाले नाफामा असर परेको हो ।  सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ ले गत महीना रू.८३ करोड ६८ लाख १४ हजार आम्दानी गरेकोमा यस महीना रू. ८० करोड ५१ लाख ३९ हजार मात्र आम्दानी गरेको छ ।  यस अवधिसम्म योजनाको प्राप्त भइसकेको आम्दानी रू. ३९ करोड १८ लाख ११ हजार र प्राप्त भइनसकेको आम्दानी रू. ४१ करोड ३३ लाख २८ हजार रहेको छ । गत महीना रू. २१ करोड ९ लाख ८३ हजार खर्च गरेको योजनाले यस महिना रू. २५ करोड ६० हजार खर्च गरेको छ ।  धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्धेश्यसहित सञ्चालित उक्त योजनाको पनि धितोपत्र लगानी मूल्य यस महीना बढेको छ । बजार गत महीना रू. १ अर्ब ३९ करोड ५५ लाख ७१ हजार रहेको धितोपत्र लगानी मूल्य यस महीना रू. १ अर्ब ५२ करोड ११ लाख ८८ हजार पुगेको छ । यसमध्य योजनाले बैंक मुद्दती निक्षेपमा रू. १२ करोड लगानी गरेको छ । गत महीना यो रकम रू. ४ करोड रहेको थियो ।  उक्त  योजनाले सूचीकृत तथा सूचीकृत नभएको शेयर, डिबेन्चर तथा मुद्दती निक्षेपमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसनसमेत रू. १ अर्ब १ करोड ४९ हजार ९० हजार रहेको छ । लगानीमूल्य भने योजनाको बजारमूल्य बढी रहेको छ ।  उक्त योजनाको प्रतिइकाई खुद मूल्य रू. १७ दशमलव शून्य ८ रहेको छ । यो मूल्य गत महीना रू. १७ दशमलव ३७ रहेको थियो ।

जिल्लाका १० वटै स्थानीय तहले ल्याए बजेट

जिल्लामा रहेका १० वटै स्थानीय तहहरुले बजेट ल्याएका छन् । घोराही उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि १ अर्ब ८५ करोड २२ लाख ९३ हजार बिनियोजन गरेको छ । उप–महानगरपालिकाले प्रस्ताव गरेको कुल विनियोजन मध्ये चालू तर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार अर्थात् ५८.६० प्रतिशत र पुँजीगततर्फ ७६ करोड ६५ लाख ७१ हजार अर्थात् ४१.४० प्रतिशत विनियोजन गरेको उप–प्रमुख सिता सिग्देल न्यौपानेले जानकारी दिइन् ।