वैशाख १९, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव शून्य ६ अंकले बढेको छ ।
प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ३५८ दशमलव २३ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका ११ ओटा कम्पनीको रू. २ लाख ६१ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ७१ हजार ५७० बराबरको शेयर खरीदविक्री भएको हो ।
गत साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २० अंक घटेर २ हजार ३५६ दशलमव १७ विन्दुमा बन्द भएको थियो ।
उक्त दिन कुल रू.१ अर्ब ४९ करोड बराबरको शेयर खरीदविक्री भएको थियो।