भैरहवालाई हराउँदै ललितपुर क्वालिफायरमा

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले हराउँदै ललितपुर पेट्रियट्स क्वालिफायर खेल्ने भएको छ। ९३ रनको सामान्य लक्ष्य पछ्याएको ललितपुरले १४.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। ललितपुरको जितमा पवन शरार्फले २५, जयकिशन कोल्सावालाले २२ तथा सन्दिप झोराले १८ रन बनाए।

सम्बन्धित सामग्री

धनगढीलाई हराउँदै ललितपुर एनएसएल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिगको दोस्रो सिजनको उपाधि जितेको छ । गत सिजन समेत उपविजेता रहेको धनगढी फुटबल क्लबलाई शनिबार ३-२ ले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो । दशरथ रंगशालामा ललितपुरले पहिलो हाफमा गोल खाएपनि सानदार पुनरागमन गर्दै उपाधि उचालेको हो । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा […] The post धनगढीलाई हराउँदै ललितपुर एनएसएल च्याम्पियन first appeared on हाम्रो खेलकुद.

पोखरा थन्डर्सलाई हराउँदै १० खेलाडीमा सीमित ललितपुर सिटी पुग्यो फाइलनमा

फ्रेन्चाइज ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको फाइलनमा प्रवेश गरेको  छ ।   बिहीबार दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायर्समा पोखरा थन्डर्सलाई २–१ ले गोलले हराउँदै ललितपुर सिटीले पहिलो...

ललितपुर-१ मा नवराज सिलवाललाई हराउँदै कांग्रेसका उदयशमशेर राणा निर्वाचित

काठमाडौं, ७ मंसिर । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का नवराज सिलवाललाई पराजित गरेका हुन् । सिलवाल ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले अहिले विजयी भएका राणलाई नै हराएका थिए ।

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

७ मंसिर, काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

एपिएफ ललितपुर मेयर कपको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । एपिएफले सोमबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । १ सय १४ रनको विजयी लक्ष्य एपिएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ४४ बलमा […]

सुदूरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

१४ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेश दोस्रो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । सुदुरपश्चिमले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि नेरी थापाले […]

ललितपुर मेयर महिला च्याम्पियनसिप: एपीएफ शीर्षस्थानमा

काठमाडौँ – एपीएफ क्लबले शुक्रबार ललितपुर मेयर्स ११ महिला टोलीलाई सात विकेटले हराउँदै ललितपुर मेयर महिला च्याम्पियनसिपमा लगातार तेस्रो जीत निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ललितपुरले दिएको ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। एपीएफको जीतमा ज्योति पाण्डेले सर्वाधिक ५६ रन जोडिन्। यस्तै रोमा थापाले ११ रन बनाइन्। ललितपुरकी […]

ईपीएल : ललितपुरलाई ७ विकेटले हराउँदै काठमाडौं विजयी

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा ललितपुर पेट्रियट्सलाई ७ विकेटले हराउँदै काठमाडौं किंग्स एलेभेन विजयी भएको छ ।  त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले काठमाडौंलाई १५८ रनको लक्ष्य दिएको थियो । काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।  ललितपुर पेट्रियट्स डिफेन्डिङ च्याम्पियन पनि हो ।

बुटवललाई हराउँदै ललितपुर एफसी नेपाल सुपर लिगकाे एलिमिनेटरमा

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबल लिगमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ । दोस्रो प्लेअफ अन्तर्गत बुधवार (आज) भएको खेलमा ललितपुरले बुटवललाई एक–शून्यले हराएको हो । ललितपुरका लागि अन्जन विष्टले खेलको ६१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । आजको जितसँगै ललितपुर एलिमिनेटरमा पुगेको छ । अब ललितपुरले फाइनल प्रवेशका लागि एलिमिनेटरमा काठमाण्डौ रेजर्ससँग खेल्नेछ ।  पहिलो प्लेअफमा धनगढी फुटबल क्लबसँग पराजित भएको काठमाण्डौले फाइनल प्रवेशको अर्काे मौका पाएको हो । धनगढ...

नेपाल सुपर लिगः पहिलो जितको खोजीमा ललितपुर

काठमाडौं। नेपाल सुपर लिगमा आज धनगढी एफसीले ललितरपुर सिटीसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितरपुलाई हराउँदै धनगढी लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ। ललितपुर पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा विराटनगरसँग ३–० ले हारेको धनगढीले दोस्रोमा काठमाडौंलाई ३–० ले हरायो। ललितपुर पहिलो खेलमा काठमाडौंसँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा चितवनसँग १–१ बराबरी खेलेको थियो।