बुटवललाई हराउँदै ललितपुर एफसी नेपाल सुपर लिगकाे एलिमिनेटरमा

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबल लिगमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ । दोस्रो प्लेअफ अन्तर्गत बुधवार (आज) भएको खेलमा ललितपुरले बुटवललाई एक–शून्यले हराएको हो । ललितपुरका लागि अन्जन विष्टले खेलको ६१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । आजको जितसँगै ललितपुर एलिमिनेटरमा पुगेको छ । अब ललितपुरले फाइनल प्रवेशका लागि एलिमिनेटरमा काठमाण्डौ रेजर्ससँग खेल्नेछ ।  पहिलो प्लेअफमा धनगढी फुटबल क्लबसँग पराजित भएको काठमाण्डौले फाइनल प्रवेशको अर्काे मौका पाएको हो । धनगढ...

सम्बन्धित सामग्री

नेपाल सुपर लिग : ललितपुर एफसी र काठमाडौँ रेजर्स विजयी

काठमाडौं : नेपाल सुपर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन्।  दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन्।  ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन्। जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ। बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ। बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौँ प्लेअफमा...

एनएसएलमा घनगढी र ललितपुरले अंक बाँडे

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा बिहीबार भएको रोमान्चक खेलमा ललितपुर एफसी र घनगढी एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्।दुबै टोलीले खेलमा १–१ गोलको बराबरी गर्दै १–१ अंक बाँडेका हुन्। दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा पहिलो हाफमा गोलरहित रहेका दुबै टोलीले दोस्रो हाफमा १–१ गोल गरे।धनगढीका ओलावाले अफिज ७२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ८९ औं मिनेटमा ललितपुरका लागि रञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए।खेलमा धनगढीका दिनेश राजवंशीले प्लेयर अफ दि म्

नेपाल सुपर लिग : ललितपुर र चितवनबीच बराबरी

नेपाल सुपर लिगमा ललितपुर एफसी र एफसी चितवनले आइतबार १–१ को बराबरी खेलेका छन् । ललितपुरको यो दोस्रो खेल हो र यसमा बराबरी खेलेर टिम दबाबमा आएको छ । आफ्नो पहिलो खेलमा ललितपुर काठमाडौं रेजर्ससँग पराजित भएको थियो । प्रतियोगिताका अन्य टिमले भने एक चरणको खेल पूरा गरेका छन् ।

बन्द रंगशालामा भोलिबाट एनएसएल : खेलाडीलाई कोभिड भए के छ तयारी?

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण भोलि (शनिबार) बाट दशरथ रंशगशालामा सुरु हुँदैछ। नेपालमा पहिलोपटक आयोजना हुन गइरहेको फ्रेन्चाइज फुटबल लिग एनएसएलको पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर एफसी आमनेसामने हुनेछन्। प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टका सिइओ सुदीप शर्माले प्रतियोगिताको सबै तयारी सकिएको जनाए। प्रतियोगितामा सहभागी…