चितवनमा एक साता निषेधाज्ञा लम्बाईयो

चितवन। कोरोनाको महामारी तिव्र गतिमा बढेसँगै चितवन जिल्ला प्रशासन कार्यलयले एक साताको लागि निषेधाज्ञा थप गरेको जिल्लाका सुुचना अधिकारी खेमराज पौडेलले जानकारी गराए। कोरोनाको जोखिम न्युनीकरण गर्ने उद्देश्यले जेठ २० गते राती सकिने निषेधाज्ञालाई लम्बाएर जेठ २७ गते राति १२ बजेसम्म पुर्‍याएको उनले बताए। यस पटकको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो बनाइएको उनको भनाई छ।

सम्बन्धित सामग्री

जोखिम कायम रहेको भन्दै चितवनमा एकसाता निषेधाज्ञा थप

असार ३१, चितवन । चितवनमा पुन निषेधाज्ञा लम्ब्याएर साउन ७ गतेसम्म थप गरिएको छ । चितवनमा नयाँ डेल्टा भाइरस पुष्टि भएसँगै अझै कोरोना संक्रमणको जोखिम रहेको भन्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ । कार्यालयले बिहीवार आदेश जारी गर्दै साउन ७ गतेसम्मका लागि थप गरेको हो । जारी निषेधाज्ञा बिहीवार राति १२ बजेदेखि सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले प्रशासनले एक साता थप गरेको हो । थपिएको निषेधाज्ञा यसअघि गरिएको निषेधाज्ञाका आदेशहरुलाई निरन्तरता दिइएको छ ।  बढी भीडभाड हुने सेमिनार, सभा, शैक्षिक संस्था, पार्टी प्यालेस र धार्मिक स्थलमा हुने गतिविधिलाई रोकिएको छ भने घरमै सञ्चालन गर्ने सामाजिक संस्कारका कार्यहरुलाई बढीमा १५ जनाको सहभागितामा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी निषेधाज्ञामा उल्लेख छ । अन्य व्यवसाय तथा सेवा दिने कामहरुको हकमा यसअघि गरिएको निषेधाज्ञा अनुसार तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्न पाइनेछ ।

चितवनमा असार ३१ सम्म निषेधाज्ञा , बजार ८ घण्टा खोल्न पाइने

चितवन : चितवनमा स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो। निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ। निषेधाज्ञा थप भए पनि केही क्षेत्र…

चितवनमा असार २४ गतेसम्म निषेधाज्ञा थप

असार १६, चितवन । चितवनमा जारी निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीवार आदेश जारी गर्दै असार २४ गतेसम्मका लागि थप गरेको हो ।  जारी निषेधाज्ञा बिहीवार राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले एक साता थप गरेको जानकारी दिएको छ । तर अघिल्ला दिनहरुमा गरिने निषेधाज्ञा भन्दा अब थपिएको निषेधाज्ञा केही क्षेत्र भने खुकुलो गरिएको छ ।  जसअनुसार प्रशासनले सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालयहरुले बार अनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको छ । जस अनुसार प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालय अब आंशिक रुपमा खुल्नेछन् ।  कुन कार्यालय कहिले खोल्ने भनेर स्थानीय तहले आलोपालो प्रणाली तोक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । अन्य सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न सक्नेछन् । यस्तै, शुक्रवारदेखि नै तीन पाङग्रे सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने भएको छ । सार्वजनिक यातायातलाई विस्तारै सहज बनाउदै लैजाने क्रममा बढीमा २ जना यात्रु बोक्ने गरी तीन पांग्रे सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने प्रशासनले जानकारी दिएको छ । जोर गते जोर नम्बरको र बिजोर गते बिजोर नम्बरको अटो रिक्साजस्ता तीन पांग्रे सवारी साधन सञ्चालन गर्न पाइनेछ । तीन पांग्रे अटोरिक्सा पूर्व निर्धारित रुटमा मात्रै चल्न पाउनेछन् । यस्तै ट्याक्सीमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ । प्रशासनले यसअघि २ पाग्रे निजी सवारी साधनमा मात्रै जोर बिजोर लागू गरेको थियो । दैनिक उपभोग्य तथा आवश्यकताका पसलहरु साताको तीन दिन दैनिक ६ घण्टा खोल्न पाइने भएको छ । यसअघि हप्ताको तीन दिन ४ घण्टामात्र खोल्न दिइएको थियो । जसअनुसार इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल आइतवार, मंगलवार र बिहीवार दिउँसो १२ बजेदेखि ६ बजेसम्म खोल्न पाइने प्रशासनको आदेश छ ।

चितवनमा लकडाउन खुकुलो

चितवनमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा केही खुकुलो गराउँदै फेरि एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले असार १७ गतेसम्म लकडाउन लम्ब्याएको छ । यसअघि असार १० गते राती १२ बजेसम्म लकडाउन गरिएको थियो । अब चितवनमा पनि जोर–बिजोर प्रणालीमा निजी सवारी चल्न पाउने भएका छन् । जोर गते जोर […]

चितवनमा खुकुलो गर्दै एक साता थपियो निषेधाज्ञा

चितवन । चितवनमा खुकुलो गर्दै एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै यही असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । यसअघि थप गरिएको निषेधाज्ञा भोलि सकिँदै छ । जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको र यसको न्यूनीकरण र रोकथामका लागि निषेधाज्ञा थप गरिएको...

चितवनमा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप

असार ३, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।  कोरोना संक्रमण र मृत्युदर घट्दै गएपनि जोखिम अझैपनि कायम रहेको भन्दै निषेधाज्ञा थप गरिएको हो । यसअघि थपिएको निषेधाज्ञा असार ३ गते (आज) राति १२ बजे सकिँदैछ । निषेधाज्ञा एक्कासी खुकुलो गर्दा संक्रमणको जोखिम बढ्ने भएकोले निषेधाज्ञा एक साता थप गरिएकोे प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । यसपटक थप गरिएको निषेधाज्ञा केही खुकुलो गर्ने अपेक्षा गरिएपनि अघिल्लो आदेशलाई नै निरन्तरता दिईएको छ ।  जसअनुसार खाद्यान्न, तरकारी तथा फलफूल, दूध डेरी, माछा÷मासु विक्री गर्ने पसल, अण्डा, चल्ला, दाना, एग्रोभेट, खाना पकाउने ग्यास र निर्माण सामग्री विक्री गर्ने पसलहरु दैनिक बिहान ६ देखि १० बजेसम्म मात्रै सञ्चालन हुन पाउने छन् । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि खुल्न पाउने आदेशमा जनाइएको छ । दोस्रो लहरमा जारी निषेधाज्ञा यो समेत गरी  ६ पटक थपिएको हो ।

चितवनमा निषेधाज्ञा जेठ २७ गतेसम्म थप गरियो

जेठ १९, चितवन । यस जिल्लामा संक्रमणको दर र जोखिम नघटेपछि जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीवार रातिबाट सकिंदैछ । कोरोना संक्रमण दर घट्दै गएपनि जिल्लामा संक्रमणको  जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञाको अवधि थप गरिएको जानकारी दिएको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो ।  कोरोना संक्रमणको दर अझै नघटेपछि पुनः २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा हस्ताक्षरित आदेशमा कोभिड संक्रमण रोकथामका लागि सबै नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गरी सहयोग गर्नसमेत आग्रह गरिएको छ । जारी निषेधाज्ञाभन्दा बिहीवारबाट लागू हुने निषेधाज्ञामा खाद्यवस्तुका पसलको हकमा भने केही खुकुलो गरिएको छ ।

चितवनमा पुनः एक साता निषेधाज्ञा थपियो

चितवन । चितवनमा यही जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्ब्याएको हो । दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिँदै छ । कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम...

चितवनमा निषेधाज्ञा जेठ २० सम्म

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेदेखि लागु गरेको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थप गरेको छ । दोस्रो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो र दोस्रो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निश्कर्षसहित थप एक साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए । निषेधाज्ञाको समयमा ...

चितवनमा पनि एक साता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय चितवनले आज सूचना जारी गर्दै १३ गतेदेखि लागू हुनेगरि २० जेठसम्मका लागि निशेधाज्ञा थप गरिएको जानकारी दिएको हो