चितवनमा असार ३१ सम्म निषेधाज्ञा , बजार ८ घण्टा खोल्न पाइने

चितवन : चितवनमा स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो। निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ। निषेधाज्ञा थप भए पनि केही क्षेत्र…

सम्बन्धित सामग्री

दोहोरी साँझ राति १२ बजेसम्म र नाइटक्लब २ बजेसम्म खोल्न पाइने प्रशासनको निर्णय

काठमाडौँ- काठमाडौँमा दोहोरो साँझ राति १२ बजेसम्म र रात्रि क्लबहरु २ बजेसम्म खोल्न पाइने भएको छ। निषेधाज्ञा हटाइएसँगै काठमाडौं जिल्ला प्रशासनले समयसीमा तोकेको हो। प्रशासनले शुक्रबार व्यवसायी र डिसिसिएमसीसँग छलफल गरेको थियो। त्यस्तै सिनेमाघरमा ५० प्रतिशतमात्र दर्शक राखेर चलाउन पनि प्रशासन कार्यालयले निर्देशन दिएको छ। काठमाडौँ जिल्ला प्रशासन प्रमुख कालिप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल र भीडभाड […]

सिरहामा खुकुलो बनाइयो निषेधाज्ञा, यातायात चलाउन र पसल खोल्न पाइने

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (डीसीएमसी) ले १ साउनदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सातौँ पटक थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान १२ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद, बिउ बिजन, कुखुराको चल्ला, दाना

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजार

कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार आलुको बोरा लोड अनलोड गरिँदै । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा  आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । तस्बिर/रासस

काठमाडौंमा निषेधाज्ञा केही खुकुलो: ११ बजेसम्म पसल खोल्न पाइने

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले पुन: एक हप्ता निषेधाज्ञा थप्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी  प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

अब वर्कसप पनि खोल्न पाइने

निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खुला गर्ने पाइने निर्णय गरेको छ । तरकारी तथा फलपूmल थोक बजारमा फुटकर बिक्री वितरण भन

बाँकेमा निषेधाज्ञा एक साता थपियो

बाँके जिल्लामा निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएका छन् । निषेधाज्ञामा बिहान ७ बजेदेखि १२ सम्म उपभोग्य वस्तुका पसल खोल्न पाइने जनाइएको छ ।कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बाँकेमा वैशाख १३ गतेदेखि  निषेधाज्ञा लगाइएको थियो । बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ ।

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्बियो, पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने  र थप कडाइ गर्ने निर्णय गरेको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि खाद्य सामग्रीको पसल विहान ६ […]

बुधबारदेखि कास्कीमा पनि एक हप्ता निषेधाज्ञा

पोखरा : कास्कीमा बुधबारदेखि एक साता निषेधाज्ञा लगाइने भएको छ।कोरोना संक्रमणको दर बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय लिएको हो। कास्कीमा १५ गते बिहान ६ बजेदेखि २१ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकलसहित अत्यावश्यकबाहेक अरु सबै सवारी साधन आवतजावत बन्द रहने छ। होटल, रेस्टुरेन्ट, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै सवारीमा जोरब