चितवनमा निषेधाज्ञा जेठ २७ गतेसम्म थप गरियो

जेठ १९, चितवन । यस जिल्लामा संक्रमणको दर र जोखिम नघटेपछि जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीवार रातिबाट सकिंदैछ । कोरोना संक्रमण दर घट्दै गएपनि जिल्लामा संक्रमणको  जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञाको अवधि थप गरिएको जानकारी दिएको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो ।  कोरोना संक्रमणको दर अझै नघटेपछि पुनः २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा हस्ताक्षरित आदेशमा कोभिड संक्रमण रोकथामका लागि सबै नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गरी सहयोग गर्नसमेत आग्रह गरिएको छ । जारी निषेधाज्ञाभन्दा बिहीवारबाट लागू हुने निषेधाज्ञामा खाद्यवस्तुका पसलको हकमा भने केही खुकुलो गरिएको छ । 

सम्बन्धित सामग्री

चितवनमा निषेधाज्ञा थप खुकुलो

चितवन । चितवनमा निषेधाज्ञा थप खुकुलो गर्दै लगिएको छ । जिल्लामा कोरोना संक्रमणदर र मृत्युदर घट्दै गएका कारण निषेधाज्ञा खुकुलो गर्दै लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । आज कार्यालयले आदेश जारी गर्दै आउँदो असोज १५ गतेसम्म निषेधाज्ञा थप गरेको छ । यसअघि जारी निषेधाज्ञा बिहीबार राति १२ बजे सकिँदै छ...

संक्रमण कम नभएपछि कडाई गर्दै १० दिन थपियो चितवनमा निषेधाज्ञा

साउन ३१ ,चितवन । जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट जारी गरिने निषेधाज्ञालाई केही कडाई गर्दै १० दिन थप गरेको छ । दैनिक रुपमा कोरोना संक्रमण भीडभाडकै कारण बढेको देखिएकोले प्रशासनले निषेधाज्ञामा कडाई गरेको हो  ।  प्रशासनले आइतवार आदेश जारी गर्दै भादौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्यााउने निर्णय गरेको हो  । जारी निषेधाज्ञा साउन ३२ गते १२ बजे सकिदैछ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेश अनुसार भाद्र १ गतेदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालयको अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक अन्य नियमित सेवा प्रवाह बन्द गरिने भएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराईले जनमानसबाट र सर्वपक्षीयको सुझाव अनुसार भीडभाड हुने यी सरकारी कार्यालय बन्द गरिएको जानकारी दिए । ‘सबैतिरबाट यी भीड हुने कार्यालय बन्द गर्नुपर्ने सुझाव आयो, भट्टराईले भने, संक्रमणदर कम नभए यही बीचमा आदेश संशोधन गर्न पनि सकिन्छ ।’ यी कार्यालय बाहेक अन्य कार्यालय भीड नदेखिएको र स्वास्थ्य मापदण्ड प्रयोग गरी सञ्चालन गर्न सुझाव दिइएकोले सोही अनुसार सेवा प्रयोग गर्नुपर्ने उनले बताए । स्थानीय तह, वडा कार्यालयहरुको हकमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्नु पर्नेछ । सार्वजनिक यातायातको हकम जोर विजोर प्रणाली लागू गर्दै सवारीसाधन निसंक्रमित गर्दै भौतिक दूरी कायम गर्दै सीट क्षमता भन्दा यात्रु नराख्ने, मास्क नलगाउने यात्रुलाई सवारीसाधन चढ्न निशेध गर्नुपर्ने आदेशमा उल्लेख छ । अन्य नियम जारी निषेधाज्ञाका अनुसार नै सञ्चालन हुने आदेशमा उल्लेख छ ।

चितवनमा निषेधाज्ञा साउन ३२ गतेसम्म थप

चितवन, साउन २४ । चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ । आइतबार राती सकिन लागेको निषेधाज्ञा केही कडाइसहित थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, खान पकाउने ग्याँसलगायतका अत्यावश्यक सामग्रीका पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ भने दूध डेरी बेलुका […]

चितवनमा सार्वजनिक यातायातका साधन जोर बिजोर प्रणालीमा चल्ने

२३ असार, चितवन । सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा चल्न पाउने गरी चितवनमा निषेधाज्ञा थप खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा बुधबार जारी आदेशमा थप खुकुलो बनाउँदै असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको उल्लेख छ । चितवनमा अब जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइनेछ […]

चितवनमा निषेधाज्ञा असार २४ गतेसम्मका लागि थप

चितवन, १७ असार: कोभिड सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्लामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ः०० बजे सकिँदै थियो । सोही क्रममा चितवन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गर्दै निषेधाज्ञाको अवधि एक साताका लागि थप गरी यही असार २४ गतेसम्म पु¥याएका हुन् […]

चितवनमा असार १० सम्म निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयले असार १० सम्म चितवनमा निषेधाज्ञा कायम रहने निर्णय गरेको छ । पछिल्लो पटक थप भएको निषेधाज्ञा बिहीबार मध्यरातबाट सकिँदै थियो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार दिउँसो जारी गरेको सूचनामा कोरोना भाइरसको संक्रमण हुने जोखिम उच्च रहेको हुँदा असार १० सम्म निषेधाज्ञा कायम रहने उल्लेख छ ।

चितवनमा निषेधाज्ञा जेठ २० सम्म

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेदेखि लागु गरेको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थप गरेको छ । दोस्रो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो र दोस्रो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निश्कर्षसहित थप एक साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए । निषेधाज्ञाको समयमा ...

जेठ १३ गतेसम्म थपियो चितवनमा निषेधाज्ञा

चितवन। कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ। पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ।

जेठ १३ गतेसम्म थपियो चितवनमा निषेधाज्ञा

चितवन। कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ। पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ।