चितवनमा खुकुलो गर्दै एक साता थपियो निषेधाज्ञा

चितवन । चितवनमा खुकुलो गर्दै एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै यही असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । यसअघि थप गरिएको निषेधाज्ञा भोलि सकिँदै छ । जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको र यसको न्यूनीकरण र रोकथामका लागि निषेधाज्ञा थप गरिएको...

सम्बन्धित सामग्री

मोरङमा एकसाता थपियो निषेधाज्ञा

स्थानीय प्रशासनले मोरङमा निषेधाज्ञा खुकुलो पार्दै एक साता निषेधाज्ञा अवधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सोमबार अपरान्ह असार २१ गते राति १२ बजेसम्म जिल्ला भर लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन् ।निषेधाज्ञा आदेशअनुसार अब बिहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म अधिकांश क्षेत्र खुला रहनेछ । अहिले दिउँसो १२ बजेसम्म मात्र बजार पसल खुला हुने गरेको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै बजार पसल खोल्न भनिएको छ । खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, खानेपानी,

धनुषा र महोत्तरीमा एक साता निषेधाज्ञा थपियो

जनकपुरधाम : कोरोना संक्रमण दरमा सुधार आएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै धनुषा र महोत्तरीमा एक/एक साता बढाइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण दर कम भएको भन्दै दुवै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको हो । धनुषामा असार ७ गते राति १२ बजेदेखि लागू हुने गरी १४ गते राति १२ सम्म…

कुन जिल्लामा कहिलेसम्मको लागि थपियो निषेधाज्ञा ?

काठमाडौःकाठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो। असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ। निजी सवारी साधनले…

धनुषा र महोत्तरीमा एक साता निषेधाज्ञा थपियो

जनकपुरधाम : कोरोना संक्रमण दरमा सुधार आएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै धनुषा र महोत्तरीमा एक/एक साता बढाइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण दर कम भएको भन्दै दुवै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको हो । धनुषामा असार ७ गते राति १२ बजेदेखि लागू हुने गरी १४ गते राति १२ सम्म…

पाँचथरमा निषेधाज्ञा एक साता थपियो

कोरोना सङ्क्रमणको जालो तोड्न पाँचथरमा निषेधाज्ञा एक साता लम्बिएको छ । आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा आगामी असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो । बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ । सङ्कट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार सरकारी तथा सार्वजनिक कार्यालयहरुले अत्यावाश्यक सेवा नियमित सञ्चालन गर्ने, बैङ्क तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गर्ने तर घर–घर पुगेर रकम

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित सातौं पटक निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्ला संकट व्यवस्थापन समिति धनुषाको सोमबार बसेको बैठकले आगामी असार १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो । एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । बास्तोलाले आवश्यकीय पसलहरु बिहानदेखि दिउ

धनुषामा पनि एक साता थपियो निषेधाज्ञा

धनुषामा एक साताका लागि निषेधाज्ञा पुनः थप गरिएको छ । स्थानीय प्रशासनले केही क्षेत्र खुकुलो गर्दै धनुषामा छैठौं पटक निषेधाज्ञाको समयअवधि पुनः एक हप्ताका लागि थप गरेको हो । जिल्ला संकट व्यवस्थापन समिति धनुषाको सोमबार बसेको बैठकले आगामी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो । कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।प्रजिअ बास्तोलाले निर्माण सामग्री लगायतका अतिआवश्यकीय व्यवस

केही खुकुलो पारेर एक साता थपियो निषेधाज्ञा, किराना पसल ११ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवारको बैठकले केही खुकुलो पारेर असार ७ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । अब किराना तथा खाद्य सामग्रीका पसलहरू र स्टेशनरी पसल बिहान ११ बजेसम्म खुल्न पाउने छन् भने रेस्टुरेन्ट तथा होटलहरूले होम डेलिभरी वा टेक अवे सेवा दिन सक्नेछन् । विकास निर्माण सामग्रीका पसलहरू ४ बजेदेखि खुल्न पाउने तथा सहकारी र रेमिटहरू साताको २ दिन सञ्चालन गर्न पाउने निर्णय पनि भएको ललितपुरका प्...

उपत्यकामा एक साता निषेधाज्ञा थपियो तर, केही खुकुलो

काठमाडौँ । काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ ।

निषेधाज्ञा १ साता थपियो

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बैठकले निषेधाज्ञा १ साता थप गर्ने निर्णय गरेको छ । मंगलवार बसेको उपत्यकाका प्रजिअहरूको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि वैशाख १३ गते बसेको प्रजिअहरूको बैठकको निर्णयअनुसार बिहीवारदेखि उपत्यकामा १ साताका लागि निषेधाज्ञा जारी गरिएको थियो । सोही साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कम्तीमा १५ दिन निषेधाज्ञा लगाउनसक्ने अधिकार दिएको थियो । बैठकले आज (बुधवार) देखि निषेधाज्ञा थप कडाइ गर्ने निर्णय गरेको छ । यसअघि निषेधाज्ञा केही खुकुलो भए पनि अब मोडालिटी परिवर्तन गर्दै थप कडाइ गर्न लागिएको प्रजिअ पराजुलीले जानकारी दिए । ‘अत्यावश्यक कामबाहेक हिँडडुलमा कडा रोक लगाएर उल्लंघन गर्नेलाई कारबाही गर्छौं,’ उनले भने । यसका लागि पर्याप्त मात्रामा जनशक्ति परिचालन गर्ने उनले बताए । यसअघि बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक खाद्य सामग्री पसल, व्यवसाय आदि खोल्न दिने गरिएकोमा अब त्यस्तो व्यवसाय बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिने निर्णय बैठकले गरेको छ । डिपार्टमेन्ट स्टोर पनि बिहान २ घण्टा मात्र खोल्न दिने निर्णय भएको छ । बैठकले यसअघि जारी भएका सबै सवारी पास खारेज गर्ने निर्णय गरेको छ । सवारी आवागमन कम गर्न यसअघि जारी गरिएका सबै पास खारेज गरिएको काठमाडौंका प्रजिअ पराजुलीले जानकारी दिए । उनका अनुसार खाद्यान्न, स्वास्थ्यसँग सम्बद्ध सवारी, एम्बुलेन्स र शव वाहनका सवारी भने चल्न पाउनेछन् । औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्बाध सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको छ । सुरक्षा सम्बन्ध कर्मचारी र औषधि आपूर्तिसँग सम्बद्ध कर्मचारीको हकमा भने सम्बद्ध कार्यालयको परिचयपत्रको आधारमा सवारी चल्न दिइनेछ । उपत्यका छाड्नेहरूलाई भने सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ । सम्बद्ध पालिकाको सिफारिश भएमा १० दिन क्वारेन्टाइनमा बस्ने शर्तमा काठमाडौं छाड्न सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ । पराजुलीका अनुसार बैंक तथा वित्तीय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिने उनले बताए । निषेधाज्ञा पूर्णरूपमा कार्यान्वयन गराउन अनुगमनलाई तीव्रता दिने बैठकले निर्णय गरेको छ ।