जोखिम कायम रहेको भन्दै चितवनमा एकसाता निषेधाज्ञा थप

असार ३१, चितवन । चितवनमा पुन निषेधाज्ञा लम्ब्याएर साउन ७ गतेसम्म थप गरिएको छ । चितवनमा नयाँ डेल्टा भाइरस पुष्टि भएसँगै अझै कोरोना संक्रमणको जोखिम रहेको भन्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ । कार्यालयले बिहीवार आदेश जारी गर्दै साउन ७ गतेसम्मका लागि थप गरेको हो । जारी निषेधाज्ञा बिहीवार राति १२ बजेदेखि सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले प्रशासनले एक साता थप गरेको हो । थपिएको निषेधाज्ञा यसअघि गरिएको निषेधाज्ञाका आदेशहरुलाई निरन्तरता दिइएको छ ।  बढी भीडभाड हुने सेमिनार, सभा, शैक्षिक संस्था, पार्टी प्यालेस र धार्मिक स्थलमा हुने गतिविधिलाई रोकिएको छ भने घरमै सञ्चालन गर्ने सामाजिक संस्कारका कार्यहरुलाई बढीमा १५ जनाको सहभागितामा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी निषेधाज्ञामा उल्लेख छ । अन्य व्यवसाय तथा सेवा दिने कामहरुको हकमा यसअघि गरिएको निषेधाज्ञा अनुसार तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्न पाइनेछ । 

सम्बन्धित सामग्री

धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप

कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।

धनकुटामा भदौ २७ सम्म निषेधाज्ञा थप

यसअघि बिहीबार राति १२ बजे सम्मलाई लागू गरिएको निषेधाज्ञा थप गरि भदौ १७ गते सम्म कायम गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो ।

पुरानो नियमलाई यथावत राख्दै काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप

पुरानै नियमलाई यथावत राख्दै भदौ १६ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने...

तनहुँमा सबै क्षेत्र खुकुलो बनाउँदै निषेधाज्ञा थप

सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौं पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ । छिमेकी जिल्लामा डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको र तनहुँमा पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । निषेधाज्ञा थपिए पनि सबै क्षेत्र खुकुलो बनाइएको छ । यसअघि बिहान ०९ बजेदेखि

सबै क्षेत्र खुकुलो बनाउँदै निषेधाज्ञा थप, सबै परीक्षा सञ्चालन

सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौ पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ ।   यसैबीच कोरोना कहरले रोकिएका सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने छ । परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समयभन्दा एक घण्टा ३० मिनेट अगाडि प्रवेश शुरु...

चितवनमा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप

असार ३, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।  कोरोना संक्रमण र मृत्युदर घट्दै गएपनि जोखिम अझैपनि कायम रहेको भन्दै निषेधाज्ञा थप गरिएको हो । यसअघि थपिएको निषेधाज्ञा असार ३ गते (आज) राति १२ बजे सकिँदैछ । निषेधाज्ञा एक्कासी खुकुलो गर्दा संक्रमणको जोखिम बढ्ने भएकोले निषेधाज्ञा एक साता थप गरिएकोे प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । यसपटक थप गरिएको निषेधाज्ञा केही खुकुलो गर्ने अपेक्षा गरिएपनि अघिल्लो आदेशलाई नै निरन्तरता दिईएको छ ।  जसअनुसार खाद्यान्न, तरकारी तथा फलफूल, दूध डेरी, माछा÷मासु विक्री गर्ने पसल, अण्डा, चल्ला, दाना, एग्रोभेट, खाना पकाउने ग्यास र निर्माण सामग्री विक्री गर्ने पसलहरु दैनिक बिहान ६ देखि १० बजेसम्म मात्रै सञ्चालन हुन पाउने छन् । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि खुल्न पाउने आदेशमा जनाइएको छ । दोस्रो लहरमा जारी निषेधाज्ञा यो समेत गरी  ६ पटक थपिएको हो ।

पर्वतमा असार ७ गतेसम्म लम्बियो निषधाज्ञा, केही खुकुलो पारियो

पर्वतमा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार बसेको वैठकले असार ७ गते रातीसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना भाइरसको जोखिम अझै कायम रहेकाले थप एक साता लम्बाएर असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । […]

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।...

मकवानपुरमा जेठ २० गतेसम्म निषेधाज्ञा थप

काठमाडौं। कोभिड–१९ सङ्क्रमण थप फैलिन नदिन मकवानपुरमा यही जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको समयावधिलाई एक साताका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना नियन्त्रणका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थप गरेको हो। कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १९ गते रातिदेखि लागू भएको निषेधाज्ञाको समय दोस्रोपटक थपिएको हो। रासस

महोत्तरीमा १० दिन निषेधाज्ञा थप

महोत्तरी।पहिलोपटक घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ। वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो।यस अवधिभरि सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ।