प्रधानन्यायाधीश जबराले भने : भोलि घर फर्किन्छु, बिदामा बस्दिनँ

१६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू शुक्रबार अस्पतालबाट निवास फर्कने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुलाई बिदामा नबस्ने जानकारी गराएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै जबराले आफ्नो स्वास्थ्य अवस्था सुधार भएकाले शुक्रबार निवास फर्कने जानकारी गराएका हुन् । कोरोना संक्रमण भएपछि गत सोमबार साँझदेखि प्रधानन्यायाधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी […]

सम्बन्धित सामग्री

महाभियोग प्रकरण : चोलेन्द्रले शुक्रबार ६५ पेजमा हस्ताक्षर गरे, बाँकी भोलि

महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले महाभियोग प्रक्रिया लम्ब्याउन बदनियत राखेको पाइएको प्रतिक्रिया दिएका छन् ।   ‘आरोपित प्रधानन्यायाधीश चोलेन्द्र जबराले बदनियतका साथ महाभियोग प्रक्रिया लम्ब्याउन खोजेको देखियो’, विश्वकर्माले भने, ‘भोलि प्रतिनिधिसभामा प्रतिवेदन बुझाउन सक्ने अवस्था छैन । तर भोलि बेलुकासम्म सभामुखलाई प्रतिवेदन बुझउने गरी काम गरिरहेका छौ ।’शुक्रबार ६५ पेज बयानमा हस्ताक्षर गरेका छन् । बाँकी शनिबार बिहान ८ बजे बैठकमा हस्ताक्षर गर्ने समिति स

महाअभियोग समितिले चोलेन्द्रलाई भोलि पुनः बोलायो

महाअभियोग समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भोलि पुनः बोलाएको छ । पूरक प्रश्न सोध्नका लागि समितिले भोलि बिहान ९ बजे बस्ने बैठकमा जबरालाई बोलाएको हो ।  यसअघि बयानका क्रममा जबराले मुछेका...

निलम्बित प्रधानन्यायाधीश जबरासँग भाेलि थप बयान लिइने

काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले भोलि बिहीवार पनि बयान लिने भएको छ । आज बुधवार बयान नसकिएपछि थप बयान भोलि लिने निर्णय भएको समितिले जनाएको छ । समितिको अर्को बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ ।   महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न बनाएको छ । त्यस्तै नेपाल बार एसाेसिएशनले पठाएको प्रमाणका आधारमा थप २१ वटा प्रश्न तय गरिएका छन् । निलम्बित प्रधानन्यायधीश जबराले आज चार वटा प्रश्नको मात्रै जवाफ दिनुभएको छ । थप प्रश्नमा भोलि जवाफ मागिने छ ...

महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे सुनुवाइ गर्न गठित महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजे फेरि बस्नेगरी स्थगित भएको छ ।मंगलबार समितिको बैठकमा उपस्थिति भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयान दिएका थिए । समय अभावका कारण बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको सिफारिस समितिका सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिए ।बैठकमा समितिका सदस्यहरुले प्रधानन्यायाधीश जबरालाई विभिन्न प्रश्न गरेका थिए । जबराले समितिका सदस्यहरुको प्रश्नको जवाफ दिएका छन् ।

प्रधानन्यायाधीश जबराले बोलाए न्याय सेवा आयोगको बैठक

काठमाडौं : न्याय परिषद्ले भोलि बुधवारका लागि न्याय सेवा आयोगको बैठक बोलाएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन्।जबराको राजीनामा माग गर्दै बार एशोसिएसनले आन्दोलन गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका हुन्। आयोगले यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरूको परीक्ष

प्रधानन्यायाधीश जबराले भोलि ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलन : अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भोलि (शुक्रबार) ३ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै उनलाई अदालत प्रवेशमा अवरोध गर्न सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको नेपाल बारले शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको छ । बारले आज (बिहीबार) गरेको आकस्मिक पत्रकार सम्मेलनमा अध्यक्ष चण्डेश्वर […]

प्रधानन्यायाधीश जबराले भने–‘मुद्दा हेर्न छोड्दिन, मेरा कुरा भोलि राख्छु’

काठमाडौं, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज एकल इजलासमा पाँच वटा मुद्दाको सुनुवाई गरेका छन् । ती पाँच वटा मुद्दाको सुनुवाई गरेका उनले एउटा मुद्दा तामेलीमा राख्ने आदेश, अर्कोको निवेदन फिर्ता, त्यस्तै अर्को मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश र दुई वटामा कारण देखाउ आदेश गरेका छन् । यी पाँच वटा मुद्दामा आदेश जारी […]

प्रधानन्यायाधीश राणासम्बन्धी विवादको 'क्लाइमेक्स' भोलि, इजलास नै अनिश्चित !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिपरिषद् विस्तारमा भागबण्डा खोजेको र न्यायालयलाई विकृत बनाएको भन्दै उठेको विषय 'क्लाइमेक्स'मा पुगेको देखिएको छ । सर्वोच्चकै १४ न्यायाधीशले आइतबार बैठक बसेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलिका लागि बोलाएको फूलकोर्ट बैठकमा अनुपस्थित हुने निर्णय मात्र गरेका छैनन्, भोलिको इजलास नै बहिस्कार हुने गरी सोही समयमा बैठक राखेका छन् । ‘भोलि बिहान ११ बजे न्यायाधीशहरूको बैठक बस्ने तय भएको छ । इजलास बस्ने समयमा नै बैठक बस्ने भन्नुको अर्थ इजलास बहिष्कार भनेसरह हो,...

भोलि संवैधानिक इजलास नबस्ने

काठमाडौं : मंगलबार संवैधानिक इजलास नबस्ने भएको छ। पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधनमा भोलि सर्वोच्च अदालत शोक विदामा रहने हुँदा इजलास नबस्ने भएको हो। इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाण्डेको निधनमा सम्वेदना प्रकट गर्न भोलि अदालत बन्द रहने जानकारी गराएका हुन्। न्यायाधीश पाण्डेको आज निधन भएको हो। प्रतिनिधिसभा विघटनको विरुद्ध…

प्रतिनिधिसभा विघटनबारे भोलि संवैधानिक इजलासमा सुनुवाइ नहुने

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि निरन्तर सुनुवाइ गरिरहेको सर्वाेच्च अदालतको संवैधानिक इजलासमा भोलि मंगलवार सुनुवाइ नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि मंगलवार सुनुवाइ नहुनेबारे संवैधानिक इजलासमा जानकारी दिएका छन् । सर्वाेच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको ९० वर्षको उमेरमा सोमवार निधन भएकोमा शोक परेकाले भोलि मंगलवार बेन्च नबस्ने जनाइएको छ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटलाई प्राथमिकतामा राख्दै सर्वाेच्च अदालतको संवैधानिक इजलासले निरन्तर सुनुवाइ गर्दै आएको छ । बुधवार...