प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिपरिषद् विस्तारमा भागबण्डा खोजेको र न्यायालयलाई विकृत बनाएको भन्दै उठेको विषय 'क्लाइमेक्स'मा पुगेको देखिएको छ ।
सर्वोच्चकै १४ न्यायाधीशले आइतबार बैठक बसेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलिका लागि बोलाएको फूलकोर्ट बैठकमा अनुपस्थित हुने निर्णय मात्र गरेका छैनन्, भोलिको इजलास नै बहिस्कार हुने गरी सोही समयमा बैठक राखेका छन् ।
‘भोलि बिहान ११ बजे न्यायाधीशहरूको बैठक बस्ने तय भएको छ । इजलास बस्ने समयमा नै बैठक बस्ने भन्नुको अर्थ इजलास बहिष्कार भनेसरह हो,...