काठमाडौं : मंगलबार संवैधानिक इजलास नबस्ने भएको छ। पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधनमा भोलि सर्वोच्च अदालत शोक विदामा रहने हुँदा इजलास नबस्ने भएको हो।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाण्डेको निधनमा सम्वेदना प्रकट गर्न भोलि अदालत बन्द रहने जानकारी गराएका हुन्।
न्यायाधीश पाण्डेको आज निधन भएको हो।
प्रतिनिधिसभा विघटनको विरुद्ध…