काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले भोलि बिहीवार पनि बयान लिने भएको छ । आज बुधवार बयान नसकिएपछि थप बयान भोलि लिने निर्णय भएको समितिले जनाएको छ । समितिको अर्को बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ ।
महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न बनाएको छ । त्यस्तै नेपाल बार एसाेसिएशनले पठाएको प्रमाणका आधारमा थप २१ वटा प्रश्न तय गरिएका छन् । निलम्बित प्रधानन्यायधीश जबराले आज चार वटा प्रश्नको मात्रै जवाफ दिनुभएको छ । थप प्रश्नमा भोलि जवाफ मागिने छ ...