तराईमा मंसिर, पुस र माघका दिनहरूमा बाक्लो हुस्सु लागिरहन्छ, शीत झरिरहन्छ, कति दिन त घामै देख्नसम्म मुस्किल पर्छ । जाडोका लुगा किन्न सक्ने र हुस्सु–शीत छेक्ने घरमा बस्नेहरूलाई यस्तो शीतलहरले भेट्दैन । सबैभन्दा जोखिममा न्यानो कपडा किन्न नसक्ने, कमजोर बासस्थान भएका र शीतलहर चलिरहँदा पनि काममा निस्कनुपर्नेहरू पर्छन् !