काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिका चुनावका लागि उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी तोकेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि मापदण्ड र नेताहरूको जिम्मेवारी टुङ्गो लगाएको हो ।
पालिकाको उम्मेदवार छनोट गर्दा पार्टीका नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीलाई योगदान गरेको र विद्रोहमा भूमिका खेलेकोलाई प्राथमिकता दिइने बैठकको निर्णय छ । यस्तै निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवम् नैतिक आचरण राम्रो र नागरिकमा स्थापित एवम् लोकप्...