शरीरको तापक्रम सही हुँदा हामी स्वस्थ रहन्छौं । आयुर्वेदका अनुसार, टाउको शीतल, पेट नरम र गोडा न्यानो हुनुपर्छ ।
यसो नहुँदा रोगको चपेटामा परिने सम्भावना रहन्छ ।
शीतल शिर
ज्वरो आउँदा टाउको तातो हुनु स्वाभाविक छ । तर बढी रिसाउँदा, तनाव लिँदा, चिन्ता गर्दा पनि टाउको तात्छ । टाउको लगातार तातेमा दुख्ने, आँखा र कानको समस्या आउने, अनिद्रा हुने, आत्तिइने, उच्च रक्तचाप हुने र तनाव हुने समस्या आइलाग्छ ।
टाउको चिसो राख्नका लागि गिलो कपडा बेर्ने गर्नुस् । अनि दिनदिनै शीतली र शीतकारी प्राणायाम र चन्द्र अनुलो...