विजया दशमी अर्थात् बडादसैँमा मान्यजनबाट टीकासँगै आशीर्वाद ग्रहण गरिन्छ । बडादसैँमा पुरुष र स्त्रीलाई दिइने आशीर्वादको मन्त्र फरक–फरक भएजस्तै तिहार अर्थात् यमपञ्चकमा दाजुभाइका लागि दिदी–बहिनीले र दिदीबहिनीका लागि दाजुभाइले मन्त्र पढी प्रार्थना गर्ने विधान छ । ती दुवै मन्त्रका श्लोकको अर्थसहित यहाँ प्रस्तुत गरिन्छ । टीका लगाइसकेपछि दिदी–बहिनीले दाजुभाइका लागि प्रार्थना गर्ने मन्त्र ःमार्कण्डेय नमस्तुऽतु नमस्ते महदायुषे । चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम ।।आयुःप्