यी हुन् विजयादशमीमा पढिने आशीर्वादका मन्त्र, यस्तो छ अर्थ

नौ दिनसम्म आराधना गरिएकी नवदुर्गाको पूजा विसर्जन गरी विजयादशमीको दिन मान्यजनको हातबाट लगाइने प्रसादको ठूलो महत्त्व छ। उत्तिकै महत्त्व छ, उनीहरूले दिने आशीर्वाद वा आशिर्वचनको।आशीर्वाद अर्थात् आफूभन्दा सानाको कल्याणको कामना वा शुभेच्छा प्रकट गर्ने मन्त्र वा वचन। वैदिक सनातन धर्मावलम्बी संस्कार, श्राद्ध, पूजाआजा आदि गर्दा संस्कृत मन्त्रहरूको प्रयोग गर्छन्। यस्ता अनुष्ठानमा शान्तिकामना र आशीर्वाद वचन पनि संस्कृत भाषामै पढिन्छ।विजयादशमीमा प्रचलित एक मन्त्र छ,आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघ