काठमाडौं : नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच कोलम्बोमा भेटवार्ता भएको छ। बिमस्टेक सम्मेलनमा भाग लिन गएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको हो। बिमस्टेक मन्त्रीस्तरीय बैठकमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्न पाउँदा खुसी लागेको भारतीय मन्त्री एस जयशंकरले बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘कनेक्टिभिटी, ऊर्जा, मल, स्वास्थ्य र ऊर्जामा हाम्रो सहयोगबारे छलफल भयो। रामायण सर्किटलाई अगाडि बढाउने विषयमा केन्द्रित हुने सहमति भएको