नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले संसद्को आयु लम्ब्याउने कुरा कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताएका छन् । नेपालका केही संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै बाँस्कोटाले सरकारले जनताको लोकतन्त्रलाई मुठ्ठीभित्र कैद गर्ने गरी यो संसद्को आयु लम्ब्याउन लागेको आरोप लगाएका हुन् ।‘निर्वाचनको प्रक्रिया सुरु भएपछि, अझ मनोनयन दर्ता भएपछि संसद्को आयु लम्ब्याउने कुरा लिएर आइएको छ । यो सिधै लोकतन्त्रलाई गिज्याउने कुरा हो, जनताको अपमान गर्ने कुरा हो, जनताप्रति भरोसा नराख्न