म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको काम पाँच वर्षमा जम्मा ३८ प्रतिशत मात्रै भएको छ।नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा वि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग विं. स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृहत र पावर हाउस निर्माणका काम गरिरहेको आयोजनाले जनाएको छ।आयोजना प्रमुख राजबहादुर विष्टले कमजोर भुबनोटका कारण सुरुङ निर्माणमा अपेक्षाकृत प्रगति नभए