डाेटीमा पुल निर्माण सुरु भएको आठ वर्षमा २० प्रतिशत मात्रै काम सम्पन्न

डोटी – डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा मोटरेबल पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।  तीन वर्षभित्र बनाइसक्ने गरि सम्झौता भएको पुल  ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै सम्पन्न भएको छ । विसं २०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएकोमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय, कुलपातेले जनाएको छ । विसं २०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सड...

सम्बन्धित सामग्री

मादी नदीमा पुल निर्माण सुरु

डुम्रे (तनहुँ), २३ फागुन । दुई वडा जोड्नका लागि मादी नदीमाथि मोटरेबल पुल निर्माण थालिएको छ । तनहुँको व्यास नगरपालिका–५ र ७ जोड्न मोटरेबल पुल निर्माण थालिएको हो । सङ्घीय सरकारमार्फत सडक विभागले नै यहाँ पुल निर्माण गरिरहेको छ । उक्त पुल निर्माणका लागि नदीको दुवैतर्फ पिल्लर राख्ने काम भइरहेको एम÷एस इन्दे्रणी निर्माण सेवा प्रालिका […]

राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु

हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन थालेको हो । सिधनियाघाटमा रहेको...

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ। इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो।...

शिलान्यास भएको नौ वर्षपछि पुल निर्माण सुरु

उर्लाबारी, जेठ २४। मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ। कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर एन्ड सराउद्दिन जेभिले २०७१ सालमा ठेक्का पाई काम सुरु गरेको थियो। प्रारम्भिक चरणमा १५ प्रतिशत मात्रै काम गरी सम्पर्कविहीन भएको निर्माण कम्पनीले दोस्रो पटक सम्झौता गरी […]

कमला नदीमा नेपालकै दोस्रो लामो झोलुंगे पुल निर्माण सुरु

सिरहा र धनुषाको दक्षिणी क्षेत्रका बासिन्दालाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ। सिरहा नगरपालिका–१३ मल्हनीयादेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल जोड्ने गरी कमला नदीमा करिव...

बेगखोलामा मोटरेबल र झोलुंगे पुल निर्माण सुरु

म्याग्दी- कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटरेबल र झोलुंगे पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखा पश्चिम सेक्टर कार्यालयले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको हो ।पुल निर्माणका लागि बीओकेआई-हिमालयन जेभीले भ्याटसहित आठकरोड ३० लाख ६८ लाख ४ सय ७३ रुपैयाँमा निर्माणको जिम्मा लिएको […]

तिनाउ नदीमा हरिहरपुर–डिङ्गरनगर जोड्ने पुल निर्माण सुरु

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १७ हरिहरपुर र तिलोत्तमा नगरपालिका वडा नं. ४ डिङ्गरनगरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण सुरु भएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त पुलको लागत २० करोड ६४ लाख रहेको छ। सडक विभाग अन्तर्गत ठेक्का भएको उक्त पुल दुई सय मिटर लम्बाइको हुनेछ।…

बेगखोलामा मोटर चल्ने पुल निर्माण सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि विसं २०७८ असार २९ गते बिओकेआई/हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता […]

सम्झौताको तीन वर्षपछि झोलुंगे पुल निर्माण सुरु

सिमकोट – टेन्डर सम्झौता भएका दुई वटा झोलुंगे पुल निर्माण ३ वर्षपछि धमाधम भइरहेको छ। डेढ वर्ष लगातार कोरोनाले काम प्रभावित हुँदा अहिले निर्माण कार्यले गति लिएको हो। पुल निर्माण जिम्मा पाएको कंग्री निर्माण सेवाका प्रतिनिधि कुलबहादुर लामाले सम्झौता भएर काम सुरु गर्ने बेला कोरोना समस्या आएपछि रोकिएको काम अहिले सुरु गर्नुपरेको जानकारी दिए। एक […]

घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु

९ फागुन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि […]