दुई वर्षमा सम्पन्न हुनुपर्ने हुलाकी राजमार्गको काम तीन वर्षमा ५० प्रतिशत मात्रै

हुलाकी राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि पकौडीसम्मको सडक फराकिलो गर्ने काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सडकको काम तीन वर्ष बितिसक्दा आधा मात्रै भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीका अनुसार विसं २०७७ जेठ २९ गते दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी लामा शिवशक्ति जेभीले ठेक्का सम्झौता गरेको थियो …

सम्बन्धित सामग्री

हुलाकी सडक : निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक वर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ । कैलाली र कञ्चनपुरको १३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर सडक मात्रै कालोपत्र भएको छ । यहाँ अझै ५० किलोमिटर सडक कालापत्र गर्न बाँकी छ । कैलालीमा लम्की–टीकापुरखण्डको साढे २९ किलोमिटर सडक स्तरोन्नति आर्थिक वर्ष २०७६/०७७ मै थालिए पनि हालसम्म आठ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । साढे २९ किलोमिटर उक्तखण्ड तीनओटा प्याकेजमा ठेक्का दिइए पनि पहिलो प्याकेजको काम मात्रै सम्पन्न भएको हो । त्यसैगरी कैलालीमा पूर्व–पश्चिम (धनगढी क्याम्पस रोड–सत्ती) ४४ किलोमिटर हुलाकी सडकमा पाँच किलोमिटर मात्रै काम भएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले जानकारी दिए । उनले कामको अवस्था हेर्दा चालु आर्थिक वर्षमा बजेट अपुग नभए सडक निर्माण सकिनेमा आफू आशावादी रहेको बताए । क्याम्पस रोड–सत्ती सडकखण्ड निर्माणका लागि चारओटा प्याकेजमा निर्माणको जिम्मा दिइएको इन्जिनियर सुनारको भनाइ थियो ।  चालु आर्थिक वर्षमा कैलालीतर्फ हुलाकी सडक निर्माणका लागि रु ३९ करोड सरकारले बजेट विनियोजन गरेको छ । ‘बजेट कम भएन र निर्माणमा कुनैखाले अवरोध भएन भने चालु आर्थिक वर्षमै काम सकिन्छ,’ उनले भने, ‘यहाँ निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि ढिलो भएको हो ।’ कैलालीमा हुलाकी सडक निर्माणको म्याद आगामी पुस मसान्तसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६४÷६५ देखि हुलाकी सडक निर्माणको कार्य शुरु गरिएको थियो । शुरुआतमा भारतको सहयोगमा भारतीय निर्माण कम्पनीले हुलाकी सडक निर्माण गरेको थियो । तर, सो कम्पनीले राजमार्ग निर्माण अधुरै छोडेपछि सरकारले उक्त सडक आयोजना आफ्नै लगानीमा अघि बढाएको थियो । यता कञ्चनपुरमा पनि साढे ६२ किलोमिटर हुलाकी सडकका लागि पाँचौं पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन । इन्जिनियर सुनारका अनुसार कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडकमा साढे ३६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । विसं २०७३ फागुनमा निर्माण शुरु भएको उक्त खण्डलाई तीन प्याकेजमा निर्माण गर्न दिइएको थियो । पहिलो प्याकेज पाँचौं पटकसम्म म्याद थप गर्दा सकिए पनि दुईओटा प्याकेजको काम ५० प्रतिशतभन्दा बढी बाँकी नै छ । ‘दोस्रो प्याकेज (बेलौरी–बेल्डाँडी) २० किलोमिटरमध्ये साढे नौ किलोमिटर मात्रै कालोपत्रे भएको छ,’ उनले भने, ‘तेस्रो प्याकेज (बेल्डाँडी–दैजी)को २४ किलोमिटरमध्येमा आठ किलोमिटरको काम सकियो ।’ उक्त दुवै प्याकेजको म्याद गत असारमा सकिएकोमा अहिलेसम्मका लागि पुनः म्याद थप गरिएको छ । यहाँ रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले दोस्रो प्याकेजको निर्माणको जिम्मा पाए पनि सो कम्पनी अहिले हुलाकी सडक योजना कार्यालयको सम्पर्कमा नरहेको इन्जिनियर सुनारको भनाइ थियो । रासस

हुलाकी सडक : साढे २ वर्षमा सकिनुपर्ने निर्माण साढे ६ वर्षसम्म पनि अधुरै

कञ्चनपुर । जिल्लाको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम साढे दुई वर्षमा सकिनुपर्नेमा साढे ६ वर्ष बित्न लाग्दा पनि उस्तै छ । कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट वेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक विसं २०७३ फागुनमा सम्झौता भएर निर्माण शुरु भएको थियो । निर्माणाधीन योजनाअन्तर्गतको दोस्रो र तेस्रो चरण (प्याकेज)को काम अझै सकिएको छैन । हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कुल ६२ किलोमिटर सडकमध्ये २५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए । ‘पहिलो प्याकेज सकिए पनि दोस्रो र तेस्रो प्याकेजको काम अझै बाँकी छ,’ उनले भने, ‘बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो प्याकेजको २० किलोमिटरमा साढे नौ किलोमिटर मात्रै कालोपत्र भएको छ ।’ इन्जिनियर सुनारले कार्यालयबाट दोस्रो प्याकेजको ठेक्का बदर गर्ने चरणमा पुगिसकेको बताए । ‘उक्त प्याकेजको लागत रू ४१ करोड ४१ लाख छ, उनले भने, ‘त्यसमा ५० प्रतिशत मात्रै काम निर्माण कम्पनी बाबा हंस–सिद्धीसाई जेभीले गरेको छ ।’ उनले पाँचौंपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेको बताए ।   ‘दोस्रो र तेस्रो प्याकेजको अवधि अब एक महीनामात्रै बाँकी छ,’ सुनारले भने, ‘लगातार ताकेता गर्दैछौं । समयमा निर्माण सम्पन्न नगरे बदरको प्रक्रियामा जाने चेतावनीसमेत दिइसकेका छौं ।’ हुलाकी सडकको ६२ किलोमिटर सडक तीन प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो । पहिलो प्याकेजअन्तर्गत डोकेबजारबाट बेलौरीसम्मको २० किलोमिटर सडक निर्माणका लागि शर्मा–राजेन्द्र जेभी कम्पनीले रू ३६ करोड ४७ लाखमा सम्झौता गरेको थियो । दोस्रो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न असहमति जनाउँदै आएको छ । त्यस्तै, हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमध्ये नौ किलोमिटर मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले जानकारी दिए । ‘निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणको कार्य निकै ढिलाइ भएको हो,’ उनले भने । रासस

म्याग्दीकाे रेलेखोला जलविद्युतकाे ५० प्रतिशत काम सम्पन्न

म्याग्दी । म्याग्दीमा पछिल्लो समय जलविद्युत आयोजनाको निर्माण कार्यले गति लिएको छ । जलविद्युतको जिल्ला भनेर चिनिने म्याग्दीमा संचालित १२ वटा जलविद्युत आयोजनाहरु मध्ये उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको निर्माण कार्यले १ वर्षमा ५० प्रतिशत भन्दा बढी काम सम्पन्न गरेको हाे । जलविद्युत आयोजना अन्नपूर्ण हिमालको फेदीबाट बग्ने […]

गल्छी–रसुवागढी सडक निर्माणमा ढिलाइ

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी– रसुवागढी सडक खण्डको स्तरोन्नतिमा ढिलाइ भएको छ । सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति सुरु भएको साढे पाँच वर्षमा समग्र आयोजनाको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

अरुण तेस्रो जलविद्युत् परियोजना: ५० प्रतिशत निर्माणको काम सकियो

सङ्खुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य ५४ प्रतिशत सम्पन्न भएको छ । अरुण तेस्रोको शिलान्यास गरिएको तीन वर्षमा निर्माण कार्य प्रगति ५४ प्रतिशत पुगेको हो । २०७५ वैशाख २८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले स्वीचमार्फत काठमाडौँबाटआयोजनाकोसंयुक्तरूपमा शिलान्यास गरेका थिए । निर्माण सुरु भएको पाँच वर्षभित्र सम्पन्न गरिने यो आयोजना २०८० सालभित्र सम्पन्न भइसक्नु पर्नेछ । उक्त सम्पन्न मितिभित्र नै निर्माणको काम सम्पन्न हुने दाबी छ । जम्म...

म्याग्दीमा दर्जनौं मुख्य सडकको काम अलपत्र

म्याग्दी । म्याग्दीमा सडक निर्माणका काम अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालयले पटक–पटक म्याद थप गरेर निर्माण व्यवसायीलाई काम गर्ने वातावरण मिलाए पनि काम अघि बढ्न सकेको छैन । पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार जिल्लामा आधा दर्जनभन्दा बढी मुख्य सडकको भौतिक प्रगति ५० प्रतिशत हाराहारीमा मात्र छ । कालोपत्र सहित स्तरोन्नति गरिनुपर्ने ७६ किलोमिटर दूरीको बेनी–जोमसोम खण्डको काम सुस्त छ । म्याग्दी खण्डमा सडक फराकिलो बनाउने काम भए पनि सडक कालोपत्रको काम हुन सकेको छैन । त्यसैगरी गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिशमा एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत बेनी–दरबाङ सडकखण्डको रणबाङदेखि दरबाङसम्मको ६ किलोमिटर ८०० मिटर सडक कालोपत्र योजना समेत अलपत्र बनेको छ । २०७६ जेठमा विरुवा क्याराभान जेभीले २०७८ जेठभित्र सम्पन्न गर्नेगरी २२ करोड ४७ लाखमा ठेक्का लिएको यस योजनामा अहिलेसम्म ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । बेनी–दरबाङ सडकखण्डमा परिचालित दुवै कम्पनीको काम सन्तोषजनक छैन । पहिलो खण्डमा भौतिक प्रगति ४५ र वित्तीय प्रगति ४८ प्रतिशत र दोस्रो खण्डको भौतिक प्रगति ५० र वित्तीय प्रगति करीब ५९ प्रतिशत भएको छ । त्यसैगरी बेनी–बागलुङ सडकखण्ड अन्तर्गत खवरादेखि रत्नेचौर खण्डको योजना समेत अलपत्र परेको छ । निर्माण सम्पन्न नहुँदै निर्माण कम्पनीले काम रोकेपछि सडक जीर्ण बन्दै गएको छ । यस खण्डको सडक कालोपत्र गर्न नागार्जुन–देव एण्ड सायर–बीएन जेभीले २०७७ असोजभित्रै सक्नेगरी ठेक्का लिएको भए पनि अहिलेसम्म ९० प्रतिशत मात्र भौतिक प्रगति भएको छ  । पूर्वाधार विकास कार्यालय अन्तर्गत नै योजना सञ्चालन भएको गलेश्वर–पिप्ले–भगवती कालोपत्र सडक योजना अधुरो र अलपत्र अवस्थामा छ । गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको सिफारिशमा एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत सञ्चालित यो योजनामा अहिलेसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । ८ किलोमिटर दूरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्र सहित स्तरोन्नतिका लागि २०७६ जेठ २७ गते २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी एपेक्स–खड्का कृष्ण जेभी काठमाडौंले भ्याटसहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । १० करोड ४८ लाख रकम भुक्तानी लगिसकेको कम्पनीले सडक कालोपत्रको तयारी समेत गरेको छैन । ‘सडक आयोजना अलपत्र बनाउने निर्माण कम्पनीलाई निरन्तर ताकेता गरिरहेका छौं, कोरोना लगायतका कारण उनीहरूलाई म्याद थपमा कार्यालयले सहजीकरण पनि गरेको छ, थप भएको समयमा समेत निर्माण सम्पन्न नगरेमा उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ,’ पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले भने । भूकम्प प्रभावित सडक अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाको पाखेरेबगरदेखि चित्रेसम्मको साढे १८ किलोमिटर सडक कालोपत्र गर्ने योजनामा समेत ढिलासुस्ती भएको छ । २०७५ मंसिरदेखि निर्माण सुरु भएको उक्त आयोजनाको म्याद गत जेठमा सकिएको भए पनि भदौ १७ सम्मका लागि पुनः थप भएको छ । तर अहिलेसम्म करीब ५५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति हासिल गरेकाले थपिएको समयमा समेत काम सम्पन्न हुने नदेखिएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले बताएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको काम समेत सुस्त बनेको छ । जिल्लामा सञ्चालित सडक, अस्पताल भवन लगायत पूर्वाधार योजनाहरूमा भएको ढिलासुस्तीले राजनीतिक दल, जनप्रतिनिधि, सम्बन्धित कार्यालय र प्रशासकहरूलाई समेत आलोचित बनाएको छ ।

काम गर्दैनन्, समय थपिरहन्छन् शर्मा युनाइटेड र पप्पु

सिमरा : सडक विभाग र ठेकदार कम्पनीबीच पथलैया–वीरगन्ज व्यापारिक मार्ग २०७५ असार मसान्तभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो। तर सम्झौता भएको ५ वर्षमा ५० प्रतिशत पनि काम सम्पन्न भएको छैन। सडक निर्माणको जिम्मा पाएका शर्मा युनाइटेड र पप्पु कन्स्ट्रक्सनको कामप्रति व्यापक जनगुनासो बढेको छ। अलपत्र सडकमा उडेको धुलो र हिलो...

सम्पन्न भएन खानेपानी आयोजना

म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ बजारमा शुद्ध खानेपानी ल्याउने आयोजना सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । वि.सं. २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । सङ्घीय सरकारको क्रमागत बजेटअन्तर्गत २०७८ मै आयोजना सम्पन्न हुनुपर्ने थियो । सङ्घीय सरकारको दुई करोड ९९ लाख ४० हजार ९३६ रुपियाँ र स्थानीयवासीको २० प्रतिशत श्रमदानमा दरबाङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिमार्फत निर्माणाधीन उक्त आयोजनाको आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण गरेपछि २०७४ फागुन महिनादेखि काम थालिएको थियो ।

३० वर्षमा आधा कामः समिति

३०वर्षको अवधिमा ५० प्रतिशत मात्रै प्रगति हुने गरेको भन्दै गौरवका आयोजनाहरू जुनसुकै परिस्थितिमा पनि शीघ्र निर्माण गर्न संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ । २१ वटामध्ये कुनै पनि आयोजनाको काम हालसम्म सकिएको छैन । अधिकांश आयोजनाको निर्माण सम्पन्न हुने अवधि पटक–पटक सार्ने गरिएको छ । यो पृष्ठभूमिमा विकास समितिले बजेट, निर्माण सामग्री, अन्तरसरकारी निकायहरूबीचको…