लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए ।प्रमुख शेरचनले विद्यमान समावेशी र समानुपातिक सहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । “संविधानलाई आफू अनुकूल