लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको पद बहाली कार्यक्रमलाई प्रदेश सरकारका प्रतिनिधिले बहिष्कार गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गरेका शेरचनलाई प्रदेश सरकारका तर्फबाट स्वागतसमेत गरिएन ।प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्दा माओवादी केन्द्रसहित विभिन्न दलका कार्यकर्ताको लर्को थियो । तर सो कार्यक्रममा मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरु भने उपस्थित थिएनन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीसहित मन्त्रीहरु सरकारको कामको स