काठमाण्डाै - कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिन थालेपछि भारतमा निगरानीमा कडाइ गरिएको छ ।
महाराष्ट्रमा सार्वजनिक भेलामा नै रोक लगाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोनाको जोखिम बढेको भन्दै भीडभाडमा प्रतिबन्धको घोषणा गर्नु भएको छ । राजनीतिक, धार्मिक तथा सामाजिक कार्यको नाममा भेला गर्न नपाइने उहाँले बताउनु भएको छ ।
एक टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गर्दै उहाँले अबको केही दिन राजनीतिक आन्दोलन गर्न पनि नपाइने बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको महामारी तीव्र गतिमा फैलिर...