काठमाडौं, २७ पुस । अबदेखि काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले बढ्दै गइरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेको हो । आजको बैठकले सार्वजनिकस्थलमा २५ जना बढी मानिस भेला हुन रोक लगाउने निर्णय गरेको स्रोतले जनाएको छ […]