काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण तिब्र गतिमा फैलिए पछि भारतको गुजरातमा भेला भएर पर्व तथा उत्सव मनाउन रोक लगाइएको छ ।
गुजरातका उप मुख्यमन्त्री नितिन पटेलले नजिकिएको होली पर्वमा भेला हुन रोक लगाइएको बताउनु भएको छ । उहाँले भीडभाड नगरी सीमित व्यक्तिसँग मात्रै होली खेल्न अनुमति दिइएको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
होलीमा रङ्ग खेल्न समेत रोक लगाइएको छ । कोरोनाका कारण भारतका ६ राज्य नराम्ररी प्रभावित भएका छन् । महाराष्ट्र, पञ्जाब, केरला, कर्नाटक, गुजरात र मध्यप्रदेशको अवस्था गम्भीर बन्दै गएक...