कोरोना महामारीकाबीच मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा भेला

काठमाण्डौ - कोरोना महामारीकाबीच हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् । इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हज गर्न भेला भएका हुन् ।यस वर्ष हजका लागि अघिल्लो वर्षभन्दा कम सङ्ख्यामा तीर्थयात्री मक्का पुगेका र उनीहरु मास्क तथा भौतिक दूरी कायम गरी उत्सवमा सहभागी भएका समाचार संस्था अल जजीराले जनाएको छ ।  गएको वर्ष हज मनाउन विश्वभरका झण्डै २५ लाख मुस्लिम धर्मावलम्बी मक्का पुगेका थिए । साउदी सरकारले यसवर्ष कोरोनाविरुद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा ग...