नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भनेका छन्। उनले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। भाइरसबाट बच्नको लागि भाmेलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनु पर्ने उनको भनाई छ।