काठमाडौं : काठमाडौंका विभिन्न ठाउँमा थुप्रिएका फोहरका १५२ वटा गाडी आज बञ्चरेडाँडा पुगेका छन्। कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जानकारी दिए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाडौँ महानगरका ७५ गाडी र त्यति नै मात्रामा अरू पालिकाबाट पनि फोहर उत्सर्जन हुने भएकाले दैनिक १५० गाडी फोहर व्यवस्थापन हुनुपर्छ। यसैले नियमित अवस्थामा पुग्न केही समय लाग्नेछ। यसम