पाँच दिनदेखि फोहर बञ्चरेडाँडा लैजान नसक्दा सडकमा दुर्गन्ध फैलिँदै

काठमाण्डौ - आज पनि काठमाण्डौबाट फाेहर बोकेका गाडी बञ्चरेडाँडा जानबाट रोकिएका छन् । फाेहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन । काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फाेहर बोकेका गाडी राेकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा फाेहरको सङ्कलन पनि रोकिएको छ । जनघनत्व र चाप धेरै भएको सहरी क्षेत्रमा फाेहर थुप्रिन थालेको छ । असन, न्युरोड, कलङ्कीलगायत मुख्यमुख्य सहरका सडक छेउछाउमा फाेहरको डङ्गुर थुप्रिएको छ । यसले दुर्गन्ध फैलिन थालेको छ । काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले ...

सम्बन्धित सामग्री

फोहरले हैरान काठमाण्डौका बासिन्दा

झापाको गौरादह नगरपालिका स्थायी घर भइ अहिले काठमाण्डौको घट्टेकुलो बस्दै आउनु भएकी गीता कार्की पेसाले व्यवसायी हुनुहुन्छ । बागबजारमा  किताब पसल चलाउँदै आउनु भएकी कार्की फोहरले आफू दोहोरो मारमा परेको बताउनुहुन्छ । कार्की भन्नुहुन्छ, ‘घरको फोहर फाल्न नपाएर हैरान छ । यता पसलमा आयो अरुले बाटोमा फालेको फोहरको दुर्गन्ध सुँघेर बस्नुपर्छ ।’ काठमाण्डौ महानगरले फोहर विसर्जन गर्दै आएको बञ्चरेडाँडा जाने बाटो बिग्रेर फोहर ७ दिन नउठ्ने सूचना जारी गरेको अर्को ७ दिन बितिसक्दा पनि फोहर भने उठेको छैन । महानगरको ...

२ दिन काठमाडौँ उपत्यकाको फोहोर नउठ्ने

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ ।वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । बर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन हँदै आएको छ । हरेक वर्ष वर्षात्को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ ।