काठमाण्डाै – काठमाण्डाै उपत्यकाकाे फाेहर लैजाने क्रममा बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा भइरहेकाे सबै अवराेध हटेकाे छ ।
आज बिहीवार दुई सय ८४ वटा गाडी फोहर बाेकेर बञ्चरेडाँडा पुगेकाे काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभएकाे छ । यही अवस्था रहेमा केही दिनमा नै सबै फोहर उठिसक्ने उहाँले बताउनुभएकाे छ ।
मेयर साहले फाेहर लैजान सहयाेग गर्ने नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगीलगायतलाई धन्यवाद पनि दिनुभएकाे छ ।