काठमाण्डाै – स्थानीयवासीको अवरोधकै बीच आज मङ्गलवार फोहर बोकेका एक सय ८६ वटा गाडी बञ्चरेडाँडामा पुगेका छन् ।
काठमाण्डौ उपत्यकाको फोहर थुपार्दै आएको बञ्चरेडाँडाका बासिन्दाले अवरोध गरेपछि प्रहरी परिचालन गरेर एक सय ८६ वटा गाडी ल्यान्डफिल्ड साइटमा पुर्याएकाे काठमाण्डौ महानगरका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो ।
स्थानीयवासी फोहरका गाडी रोक्न र प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोज्दा आज दिनभर बञ्चरेडाँडा तनावपूर्ण रह्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी...