कुनै अवरोध नभए अब दैनिक ३ सय ५० वटासम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्छन् : मेयर शाह

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कुनै अवरोध नभए अब दैनिक ३ सय ५० वटासम्म फोहर बोकेका गाडी बञ्चरेडाँडा पुग्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा मेयर शाहले लेख्नुभएको छ ‘फोहर बोकेका १ सय ५२ गाडी बञ्चरेडाँडा पुगे, अब दैनिक ३ सय ५० पुग्छन् ।’ उहाँका अनुसार कुनै अवरोध नभएमा दैनिक २ सय ५० देखि ३ सय ५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्नेछन् । हिजो बेलुका १ सय ५२ वटा गाडी फोहर बोकेर बञ्चरेडाँडा पुगेका हुन् । मेयर शाहका अनुसार काठमाण्डौबाट दैनिक ७५ गाडी फोहर निस्कन्छ भने त्...