संक्रमितको मृत्युदेखि अस्पताल तोडफोडसम्म : प्रदेश २ जहाँ, कतै बेड छैन त कतै चलाउन नजान्दा 'भेन्टिलेटर युजलेस'

जनकपुरधाम : मंगलवार नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय २५ थपियो। सरकारले पछिल्लो समय कोभिड-१९ संक्रमितको मृत्युलाई अस्पतालमा सीमित गर्ने र अस्पताल बाहिरको मृत्यु रोक्ने दाबी गरेको छ। तर, ९३ हजार १४१ सक्रिय संक्रमित मध्ये करिव ९० हजार अस्पताल वा संस्थागत आइसोलेसन बाहिर छन्। अस्पताल पुगेकालाई…

सम्बन्धित सामग्री

कोभिड महामारीमा महासंघको दिगो सञ्जाल परिचालन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफू मातहतको सिंगो सञ्जाल कोरोना महामारीले निम्त्याएको विपद्लाई नियन्त्रणमा ल्याउन सर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा परिचालन भएको जनाएको छ । महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीसँग जारी निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद हुँदा मुलुकभर करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइएको बताएको छ । महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसंग जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद हुँदा मुलुकभर करिव ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइएको जनाएको छ । प्रदेशगत रूपमा प्रदेश १ मा ८२.७ प्रतिशत, गण्डकी प्रदेश ७५ प्रतिशत, बागमती प्रदेश (६९ प्रतिशत, प्रदेश २ ६९ प्रतिशत, लुम्बिनी प्रदेश ६४.५ प्रतिशत, सुदूरपश्चिम ५७.७ प्रतिशत र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग व्यवसायमा असर पर्न गएको महासंघले जनाएको छ । खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषिबाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको महासंघको भनाइ छ । महासंघका अनुसार उद्योग व्यवसाय चलाउने लाखौं मानिस घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसायभन्दा पनि सामाजिक भावनाअनुरूप नेपालीको स्वास्थ्य बचाउनु ठूलो भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको महासंघले प्रस्ट पारेको छ । कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायी परे पनि अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर सकेको सहयोग गर्न जुटिरहेको महासंघको भनाइ छ । महासंघले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउंदै आफ्नो सिंगो सञ्जाललाई आ–आफ्नो क्षेत्र र तहबाट सहयोगमा उत्रिन अपिलसमेत गरेको बताएको छ । उद्यमी व्यवसायीले आइसोलेशन निर्माण, सञ्चालन, स्वास्थ्य सामग्रीको व्यवस्था, अक्सिजन÷कन्सन्ट्रेटरलगायत अत्यावश्यक औषधीको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापनामार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्री हस्तान्तरण, हेल्प डेस्कमार्फत सहयोगमा जुटिरहेका छन् । त्यस्तै, स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, बिरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, बेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रबन्धमा महासंघको सञ्जाल परिचालित हुँदै आएको छ । महासंघका अनुसार करिब १ सय वटा जिल्ला÷नगर उद्योग वाणिज्य संघ मानवीय सहायता जोडिएका छन् । महासंघका केही सदस्य उद्योग वाणिज्य संघले राहत कोष नै खडा गरी स्वास्थ्य सहयोग गरिरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी बेड विस्तार, आइसियू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइसोलेसन केन्द्र निर्माण तथा सञ्चालनलगायतमा सहयोग गरिरहेको महासंघले जानकारी दिएको छ । महासंघका वस्तुगत संघ, एसोसिएट सदस्य औद्योगिक एवं व्यावसायिक घराना, उद्योग प्रतिष्ठान, बैकिङ क्षेत्रले विभिन्न अस्पताललाई आर्थिक सहयोग, अक्सिजन, औषधीसहित अत्यावश्यक स्वास्थ्य सामग्रीको सहयोग गरिरहेको महासंघले बताएको छ ।

वीपी प्रतिष्ठानमा संक्रमितको उपचारमा लापरबाही भएको आरोप

जेठ ४, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारमा आएका कोरोना संक्रमित बिरामीहरुको उपचारमा लापरबाही हुने गरेको बिरामीका कुरुवाहरुले आरोप लगाएका छन् । प्रतिष्ठानको कोभिड–१९ अस्पताल ‘लेभव थ्री’ को अस्पताल हो । अस्पतालमा सुविधायुक्त १०० बेड रहेका छन् । दक्ष जनशक्ति परिचालन गरेर कोभिड संक्रमित बिरामीको उपचारमा लागिरहेको दाबी अस्पतालले गर्दै आएपनि बिरामीका कुरुवाहरुले भने उपचारमा लापरबाही भएको आरोप लगाउँदै आएका छन् ।  छोरालाई कोरोना संक्रमण पुष्टि भए भएपछि कोभिड अस्पतालमा उपचार गराईरहेका ताप्लेजुङका छविराम नेपालीले कोभिड अस्पतालमा व्यवस्थापन फितलो हुँदा बिरामीको राम्रो उपचार नभएको गुनासो पोखे । उनले भने, ‘मैले ११ वर्षको छोरा कोभिड भएर ल्याएको एक हप्ता भयो, अस्पतालले खासै हेर्ने गरेको छैन, धेरै लापरबाही छ ।’  यस्तै गुनासो सप्तरीका जगदिश कुसहवाको पनि छ । बुबालाई कोभिड भएर स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि प्रतिष्ठान ल्याए पनि चिकित्सक तथा नर्सहरुले राम्ररी नहेर्ने गरेको उनले बताए । उनले भने, ‘बिरामीको अवस्थाका बारेमा बेलाबेलामा आफन्तलाई जानकारी गराउनु पर्ने भएपनि त्यस्तो जानकारी नगराउने सोधिहाले पनि राम्ररी जवाफ नदिने प्रवृति कोभिड अस्पतालमा रहेको छ, यो सुधार हुनुपर्छ ।’ उनले बिरामीका आफन्तले पठाइदिएको खाना समेत बिरामीलाई समयमै नदिने, औषधि समयमै नदिने लगायतका गैर जिम्मेवारी काम कोभिड अस्पतालमा भएको गुनासो गरे । बिरामीलाई समयमा खाना नदिने र बिरामीको अवस्थाको बारेमा कुरुवालाई राम्ररी जानकारी नदिने गरेको उनीहरुको भनाइ छ । बिरामीको उपचारमा ध्यान नदिएको गुनासो एकातिर छ भने अर्कोतिर बिरामीका कुरुवाहरुलाई खान र बस्नको पनि समस्या हुन थालेको छ । कोभिड अस्पतालका लागि कुरुवा घर निर्माण भए पनि पानी परेको बेला समस्या हुने गरेको सप्तरीका बिरामीका कुरुवा विद्यानन्द साह बताउँछन् ।  पानी परेको समयमा पालले थेग्न नसक्दा समस्या हुने गरेको उनको भनाइ छ । लकडाउनका कारण बाहिर होटलहरु बन्द हुँदा खानाको पनि समस्या हुने गरेको छ । केही दिन यता धरान १७ स्थित एक संस्थाले खानाको व्यवस्था गरिदिए पछि राहत मिलेको उनी बताउँछन् । उनले भने, ‘कुरुवाहरुलाई बस्नसँगै खानाको पनि समस्या हुन थालेपछि खानाको व्यवस्था सचेत नागरिक समूह धरान–१७ ले निःशुल्क गरिदिएको छ, यसले हामीलाई धेरै सहज भएको छ ।’ यता प्रतिष्ठान व्यवस्थापनले भने कोभिड अस्पतालमा राम्रो व्यवस्थापन रहेको दाबी गरेको छ । प्रतिष्ठानका सह प्रवक्ता चुरामणि पोख्रेलले बिरामीको उपचार प्रभावकारी रुपमा भइरहेको दावी गरे ।  उनले बिरामीको मनोबल उच्च राख्नको लागि काउन्सिलिङ गराउने, योगा गराउने, पोषिला खानेकुरा खुवाउने लगायतको कार्य निरन्तर रुपमा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘साना तिना समस्या होलान् तर बिरामीलाई गर्ने व्यवहार लगायत उपचारमा कुनै कमी भएको छैन, यसमा कोभिडमा खटिएका सबै गम्भीर छन् ।’ प्रतिष्ठानमा प्रदेश १ र प्रदेश २ का सबै संक्रमित बिरामी उपचार सेवा लिन प्रतिष्ठान आउने गरेका छन् । प्रतिष्ठानमा हालसम्म १ हजार ३९८ जना भर्ना भएका छन् भने १ हजार १२ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।  कोरोनाको दोस्रो लहर देखा परेसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १६५ जना पुगेको छ भने हाल प्रतिष्ठानमा ६५ जना कोभिड संक्रमितको उपचार भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

मणिपालमै कोरोना अस्पताल बनाउने प्रदेश नम्बर २ सरकारको तयारी

मुलुकभर कोरोना भाइरसको संक्रमण बढिरहेको बेला प्रदेश २ का आठ वटै जिल्ला उच्च जोखिममा छन्। तर प्रदेशभरी बिरामीलाई उपचारका लागि राख्ने बेड अभाव देखिएको छ।

प्रादेशिक अस्पतालको सबै बेड भरियो, भेन्टिलेटर बिग्रियो

२३ वैशाख, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन् । अस्पतालको कोरोना उपचार केन्द्रमा तयार भएको ३० बेडमा सबै बिरामी अक्सिजनको सहयोगमा राखिएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. …

कोरोना संक्रमितको उपचार गर्न बेड तयार पार्दै जनकपुर प्रादेशिक अस्पताल

१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकार मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारका लागि तयारी शुरु गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भइसकेपछि प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १० वटा हाई डिपेन्डेन्सी …

महामारी नियन्त्रण गर्न सात करोड

प्रदेश–२ मा कोरोना महामारी त्रास बढ्न थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरूको थप व्यवस्थापन, बिरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागि सात करोड निकासा गरेको हो ।