कोभिड महामारीमा महासंघको दिगो सञ्जाल परिचालन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफू मातहतको सिंगो सञ्जाल कोरोना महामारीले निम्त्याएको विपद्लाई नियन्त्रणमा ल्याउन सर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा परिचालन भएको जनाएको छ । महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीसँग जारी निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद हुँदा मुलुकभर करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइएको बताएको छ । महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसंग जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद हुँदा मुलुकभर करिव ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइएको जनाएको छ । प्रदेशगत रूपमा प्रदेश १ मा ८२.७ प्रतिशत, गण्डकी प्रदेश ७५ प्रतिशत, बागमती प्रदेश (६९ प्रतिशत, प्रदेश २ ६९ प्रतिशत, लुम्बिनी प्रदेश ६४.५ प्रतिशत, सुदूरपश्चिम ५७.७ प्रतिशत र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग व्यवसायमा असर पर्न गएको महासंघले जनाएको छ । खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषिबाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको महासंघको भनाइ छ । महासंघका अनुसार उद्योग व्यवसाय चलाउने लाखौं मानिस घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसायभन्दा पनि सामाजिक भावनाअनुरूप नेपालीको स्वास्थ्य बचाउनु ठूलो भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको महासंघले प्रस्ट पारेको छ । कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायी परे पनि अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर सकेको सहयोग गर्न जुटिरहेको महासंघको भनाइ छ । महासंघले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउंदै आफ्नो सिंगो सञ्जाललाई आ–आफ्नो क्षेत्र र तहबाट सहयोगमा उत्रिन अपिलसमेत गरेको बताएको छ । उद्यमी व्यवसायीले आइसोलेशन निर्माण, सञ्चालन, स्वास्थ्य सामग्रीको व्यवस्था, अक्सिजन÷कन्सन्ट्रेटरलगायत अत्यावश्यक औषधीको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापनामार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्री हस्तान्तरण, हेल्प डेस्कमार्फत सहयोगमा जुटिरहेका छन् । त्यस्तै, स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, बिरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, बेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रबन्धमा महासंघको सञ्जाल परिचालित हुँदै आएको छ । महासंघका अनुसार करिब १ सय वटा जिल्ला÷नगर उद्योग वाणिज्य संघ मानवीय सहायता जोडिएका छन् । महासंघका केही सदस्य उद्योग वाणिज्य संघले राहत कोष नै खडा गरी स्वास्थ्य सहयोग गरिरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी बेड विस्तार, आइसियू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइसोलेसन केन्द्र निर्माण तथा सञ्चालनलगायतमा सहयोग गरिरहेको महासंघले जानकारी दिएको छ । महासंघका वस्तुगत संघ, एसोसिएट सदस्य औद्योगिक एवं व्यावसायिक घराना, उद्योग प्रतिष्ठान, बैकिङ क्षेत्रले विभिन्न अस्पताललाई आर्थिक सहयोग, अक्सिजन, औषधीसहित अत्यावश्यक स्वास्थ्य सामग्रीको सहयोग गरिरहेको महासंघले बताएको छ ।

सम्बन्धित सामग्री

कोभिडले सार्कको रोजगारीमा परेको प्रभावबारे काठमाडौंमा छलफल

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौती देखापरेको बताए।

महासंघको नव उत्थान सम्मेलन बुधबार

नेपाल उद्योग वाणिज्य महासंघले आगामी बुधबार काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलन गर्ने भएको छ ।विश्वव्यापी रूपमा देखा परेको कोभिड–१९ को महामारीबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझ बढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थासहित छलफल गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको महासंघले जनाएको छ ।कोभिड–१९ बाट बढी प्रभावित क्षेत्र पर्यटन तथा मनोरञ्जन, साना, घरेलु […]

‘५० स्टार्टअप – ५० लगानीकर्ता’ कार्यक्रममा सहभागी हुन महासंघको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने आग्रह गरेको छ । कार्यक्रममा अनलाइन आवेदन गत बैशाख ४ गतेदेखि खुला गरिएको थियो । ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो । कोभिड […] The post ‘५० स्टार्टअप – ५० लगानीकर्ता’ कार्यक्रममा सहभागी हुन महासंघको आग्रह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निर्माण व्यवसायीलाई समयमै कोभिड खोप

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निर्माण व्यवसायीलाई यथाशक्य चाँडो कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा राज्यमन्त्री श्रेष्ठले अग्रपंक्तिमा खटिने निर्माण व्यवसायीका लागि खोप अनिवार्य भएको बताए । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकोमा श्रेष्ठलाई बधाई दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त […]

कोभिड महामारीमा पनि सक्रिय ६ पत्रकारलाई पुरस्कार

काठमाडौँ- नेपाल पत्रकार महासंघको एसोसियट संस्था पर्यटन पत्रकार मञ्चले कोभिड महामारीमा पनि पत्रकारितामा सक्रिय पत्रकारहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कारबाट ६ जना पत्रकारहरु रिना मोक्तान, मेनुका कार्की, जीत हादुर साउद, गोविन्द मरासिनी, विरोचन मल्ल ठकुरी र चन्द्रबहादुर आलेलाई पुरस्कृत गरिने भएको हो। समितिको निर्णय बमोजिम आगामी असोज १ गते हुने […]

खेलकुद महासंघको पहलमा कोरोना विरुद्धको खोप

नेपाल खेलकुद महासंघ (नोकोस) को पहलमा खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको  खोप लगाइएको छ । आइतबार नो कोभिड, नो भिड अभियानअन्तर्गत महासंघको पहलमा २ सय जनालाई खोप प्रदान गरिएको नेकोसका महासचिव मेघराज पौडेलले बताए । खोप लगाउनेमा अधिकांश खेलाडी थिए । नेकोसले पहिलो मात्रा पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध गराएको खोप अभियानका संयोजक एवं नेकोसका उपाध्यक्ष समेत रहेका राखेपका सदस्य सुभाष श्रेष्ठले बताए । त्रिप

ठेक्काको समय थप गरिदिन महासंघको आग्रह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आइतबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ र शहरी विकास मन्त्री प्रभु साहलाई छुट्टाछुट्टै भेट गरी कोभिड–१९ को दोस्रो लहरले निर्माण उद्योगमा पारेको असर बारे जानकारी गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले द्वय मन्त्रीलाई भेटी निर्माण क्षेत्रमा परेको प्रभाव कम गर्न सञ्चालित आयोजनाहरुको समय थप गरी जारी निषेधाज्ञाभरको समयलाई शुन्य समय मान्नु पर्ने माग गरेको हो ।त्यस्तै

संचारकर्मीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन महासंघको आग्रह

काठमाडौं : नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ।महासंघको बिहिबार बसेको पदाधिकारीको बैठकले कोभिड–१९ को दोस्रो लहर बढेको भन्दै सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन अनुरोध गरेको हो। आम सञ्चारकर्मीलाई पनि जोगिदैँ स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न पनि महासंघले आग्रह गरेको छ।समाचारकक्षमा सामाजिक दूरी कायम गर्न, सकभर घरबाटै काम गर्ने वातावर