वीपी प्रतिष्ठानमा संक्रमितको उपचारमा लापरबाही भएको आरोप

जेठ ४, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारमा आएका कोरोना संक्रमित बिरामीहरुको उपचारमा लापरबाही हुने गरेको बिरामीका कुरुवाहरुले आरोप लगाएका छन् । प्रतिष्ठानको कोभिड–१९ अस्पताल ‘लेभव थ्री’ को अस्पताल हो । अस्पतालमा सुविधायुक्त १०० बेड रहेका छन् । दक्ष जनशक्ति परिचालन गरेर कोभिड संक्रमित बिरामीको उपचारमा लागिरहेको दाबी अस्पतालले गर्दै आएपनि बिरामीका कुरुवाहरुले भने उपचारमा लापरबाही भएको आरोप लगाउँदै आएका छन् ।  छोरालाई कोरोना संक्रमण पुष्टि भए भएपछि कोभिड अस्पतालमा उपचार गराईरहेका ताप्लेजुङका छविराम नेपालीले कोभिड अस्पतालमा व्यवस्थापन फितलो हुँदा बिरामीको राम्रो उपचार नभएको गुनासो पोखे । उनले भने, ‘मैले ११ वर्षको छोरा कोभिड भएर ल्याएको एक हप्ता भयो, अस्पतालले खासै हेर्ने गरेको छैन, धेरै लापरबाही छ ।’  यस्तै गुनासो सप्तरीका जगदिश कुसहवाको पनि छ । बुबालाई कोभिड भएर स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि प्रतिष्ठान ल्याए पनि चिकित्सक तथा नर्सहरुले राम्ररी नहेर्ने गरेको उनले बताए । उनले भने, ‘बिरामीको अवस्थाका बारेमा बेलाबेलामा आफन्तलाई जानकारी गराउनु पर्ने भएपनि त्यस्तो जानकारी नगराउने सोधिहाले पनि राम्ररी जवाफ नदिने प्रवृति कोभिड अस्पतालमा रहेको छ, यो सुधार हुनुपर्छ ।’ उनले बिरामीका आफन्तले पठाइदिएको खाना समेत बिरामीलाई समयमै नदिने, औषधि समयमै नदिने लगायतका गैर जिम्मेवारी काम कोभिड अस्पतालमा भएको गुनासो गरे । बिरामीलाई समयमा खाना नदिने र बिरामीको अवस्थाको बारेमा कुरुवालाई राम्ररी जानकारी नदिने गरेको उनीहरुको भनाइ छ । बिरामीको उपचारमा ध्यान नदिएको गुनासो एकातिर छ भने अर्कोतिर बिरामीका कुरुवाहरुलाई खान र बस्नको पनि समस्या हुन थालेको छ । कोभिड अस्पतालका लागि कुरुवा घर निर्माण भए पनि पानी परेको बेला समस्या हुने गरेको सप्तरीका बिरामीका कुरुवा विद्यानन्द साह बताउँछन् ।  पानी परेको समयमा पालले थेग्न नसक्दा समस्या हुने गरेको उनको भनाइ छ । लकडाउनका कारण बाहिर होटलहरु बन्द हुँदा खानाको पनि समस्या हुने गरेको छ । केही दिन यता धरान १७ स्थित एक संस्थाले खानाको व्यवस्था गरिदिए पछि राहत मिलेको उनी बताउँछन् । उनले भने, ‘कुरुवाहरुलाई बस्नसँगै खानाको पनि समस्या हुन थालेपछि खानाको व्यवस्था सचेत नागरिक समूह धरान–१७ ले निःशुल्क गरिदिएको छ, यसले हामीलाई धेरै सहज भएको छ ।’ यता प्रतिष्ठान व्यवस्थापनले भने कोभिड अस्पतालमा राम्रो व्यवस्थापन रहेको दाबी गरेको छ । प्रतिष्ठानका सह प्रवक्ता चुरामणि पोख्रेलले बिरामीको उपचार प्रभावकारी रुपमा भइरहेको दावी गरे ।  उनले बिरामीको मनोबल उच्च राख्नको लागि काउन्सिलिङ गराउने, योगा गराउने, पोषिला खानेकुरा खुवाउने लगायतको कार्य निरन्तर रुपमा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘साना तिना समस्या होलान् तर बिरामीलाई गर्ने व्यवहार लगायत उपचारमा कुनै कमी भएको छैन, यसमा कोभिडमा खटिएका सबै गम्भीर छन् ।’ प्रतिष्ठानमा प्रदेश १ र प्रदेश २ का सबै संक्रमित बिरामी उपचार सेवा लिन प्रतिष्ठान आउने गरेका छन् । प्रतिष्ठानमा हालसम्म १ हजार ३९८ जना भर्ना भएका छन् भने १ हजार १२ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।  कोरोनाको दोस्रो लहर देखा परेसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १६५ जना पुगेको छ भने हाल प्रतिष्ठानमा ६५ जना कोभिड संक्रमितको उपचार भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

गर्भवती मृत्यु प्रकरणमा सिन्धुली अस्पताल तोडफोड, दोषी को ?

अस्पतालले उपचारका क्रममा लापरबाही गर्दा गर्भवती गुरुङको मृत्यु भएको आफन्तको आरोप छ । बेहोस बनाउने क्रममा चिकित्सकहरूले गतल औषधि प्रयोग गरेको र त्यही कारण गुरुङको मृत्यु भएको आफन्तको दाबी छ ।

अतिक अहमद हत्याको विषयमा भारतका चार प्रहरी निलम्बित, लापरबाही गरेको आरोप

गत शनिबार तीन आक्रमणकारीहरू पत्रकारको भेषमा धुमनगन्ज प्रहरी चौकीनजिकैको अस्पताल पुगेका थिए । अतिक र उनका भाइलाई मेडिकलका लागि प्रहरीले मोतिलाल नेहरू अस्पताल लगेका थिए ।

गर्भवतीको उपचारमा लापरवाही गरेको आरोप, प्रदेशसभाले छानबिन गर्ने

२१ असार, जनकपुरधाम । मधेश प्रदेश सभाले परीक्षण बिना नै गर्भवतीको पित्तथैलीको शल्यक्रिया गरिएको भन्दै घटना बारे छानबिन गर्ने भएको छ । प्रदेश सभाको बैठकमा सांसदहरुले प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सकले गम्भीर लापरबाही गरेको भन्दै कारबाहीको माग गरेपछि सभामुख सरोजकुमार यादवले छानबिन गर्न महिला, बालबालिका तथा सामाजिक न्याय समितिलाई निर्देशन दिएका छन् । सभामुख यादवले घट्नाको […]

डडेल्धुरा अस्पतालमा बालिकाको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ शिराड घर भएका प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगर हुन्।निमोनियाको आशंकामा बिहीबार बिहान ५ बजे अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ।बिरामी बालिकालाई अस्पताल पुगाएको तीन घण्टा हुँदासम्म डाक्टर नआएपछि मृतक बालिकाका आफन्तले डडेल्डधुरा प्रमुख जिल्ला अधिकारीदेखि अस्पताल व्‍यवस्थापन समितिका अध्यक्षसम्मलाई गुहारेको बताएका छन्।डाक्टरको लापरबाहीले

धुलिखेल अस्पतालमा बालिकाको मृत्यु, उपचारमा लापरबाही भएको आफन्तको आरोप

काभ्रे : जिल्लाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको आरोप उनका आफन्तले लगाएका छन्। बनेपा नगरपालिका–८ की २ वर्षीयाको उपचारको क्रममा मृत्यु भएको हो।बालिकालाई ४ दिनअघि झाडापखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। बालिकाका आफन्त अस्पतालभित्र नै पसेर नाराबाजीसहित आन्दोलनमा उत्रिएका छन्। अस्पतालमा अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारेको छ। डिस्चार्ज

धनगढीको केजी अस्पतालमा शिशुको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप

धनगढी : धनगढीस्थित केजी अस्पतालमा ६ महिने शिशुको मृत्यु भएको छ। मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन्।डोटीको दिपायल सिलगढी नगरपालिका–७ का विष्णु विकका ६ महिने शिशु सायलको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले बताए। ‘उपचार नहुने बिरामीलाई रेफर गरिहाल्छौं भन्दै ६ दिनसम्म उपचार गरियो,’ शिशुका काका शंकर विकले भने, ‘अन्यत्र लैजान्छौं

वीपीमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको आरोप

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप छ । शनिबार बिहान प्रतिष्ठानको आकस्मिक कक्षमा धरान वडा नं. २० विष्णुपादुकाकी ४१ वर्षीय फूलमाया राईको निधन भएको हो । उपचारमा लापरबाही गर्ने चिकित्सकहरू र कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ । भदौ १७ गते बिहीबार बिहान देखि नै पेट दुख्ने र बान्ता हुन थालेपछि बिरामीलाई उपचारको लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । बिहीबार बेलुका ५ बजे उपचार गराउँदा बि

आफैँ भिड जम्मा गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु लज्जास्पद : नेता पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको भनाइ छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद कुरा भएको आरोप लगाएका […]