प्रादेशिक अस्पतालको सबै बेड भरियो, भेन्टिलेटर बिग्रियो

२३ वैशाख, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन् । अस्पतालको कोरोना उपचार केन्द्रमा तयार भएको ३० बेडमा सबै बिरामी अक्सिजनको सहयोगमा राखिएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. …

सम्बन्धित सामग्री

आईसीयू र भेन्टिलेटर सञ्चालनमा आउन सकेन

प्रदेश–१ सरकारले विशेषज्ञ चिकित्सक जनशक्ति व्यवस्था नगर्दा जडान भएको दुुई वर्षसम्म पनि धनकुटा अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन् ।धनकुटा अस्पतालमा ४ वटा भेन्टिलेटरसहितका १० आइसीयू बेड रहे पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिए । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि कम्तीमा एक/एक जना एनेस्थेजियोलिष्ट […]

जनशक्ति अभावमा भेन्टिलेटर १५ महिनादेखि थन्कियो

उदयपुर– जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर जनशक्ति अभावमा १५ महिनादेखि थन्किएर बसेको छ । पहिलो कोभिडकै बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा १५ महिनाअघि जिल्ला अस्पताल गाईघाट उदयपुरमा जडान गरिएका दुईवटा भेन्टिलेटर बेड जनशक्ति अभावमा प्रयोग हुन नपाएपछि माकुराको जालो लागेको छ । दोस्रो कोभिड भेरियन्टका संक्रमितहरू भेन्टिलेटर अभावमा मृत्यु रोज्न बाध्य भइरहेको समाचार […]

तेस्रो लहरबाट बालबालिका जोगाउन १८० भेन्टिलेटर र २५० वटा आईसीयू बेड थप्दै

काठमाडौं, साउन १५ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरलाई ध्यानमा राख्दै बालबालिकाहरुका लागि भेन्टिलेटर सहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित तेस्रो लहरलाई रोक्न र क्षति न्युन गर्न बालबालिकाका लागि १८० भेन्टिलेटर सहितका २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको जनाएको […]

जिल्ला अस्पताल ओखलढुंगामा भेन्टिलेटर र आईसीयू बेड खरिदमा रहस्यमय ढिलाइ

ओखलढुंगा : जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगालाई अत्यावश्यक भेन्टिलेटर र आईसीयू बेड खरिदमा ढिलाइ भइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्रुत प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको एक महिना बितिसक्दा पनि अस्पतालमा भेन्टिलेटर र आईसीयू बेड जडान नभएको हो।स्वास्थ्य मन्त्रालयले दुईवटा भेन्टिलेटरसहित पाँचवटा आईसीयू बेड जडान गर्न एक महिनाअघि नै प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताललाई निर्देशन दिएको थियो। तर, भेन्टिलेटर र आईसीयू बेड जडान जडानका लागि हालसम्म ठेक्का प्रक्रिया समेत

गण्डकी प्रदेशमा १३० आईसीयु, ६९ भेन्टिलेटर खाली

पोखरा। गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा हाल एक सय ३० आईसीयु बेड र ६९ वटा भेन्टिलेटर खाली अवस्थामा रहेका छन्। मन्त्रालयकाअनुसार प्रदेशमा अहिले जम्मा दुई सय ११ आईसीयू बेड र ८५ वटा भेन्टिलेटरको व्यवस्था छ। यसैसँग प्रदेशभित्र अहिले चार सय ५५ एचडीयु बेडमध्ये दुई सय २८ वटा खाली भएको मन्त्रालयले जनाएको छ।

कतै बेड पाउनै मुस्किल, कतै जनशक्ति अभावमा थन्किरहेका छन् भेन्टिलेटर

प्रदेश १ सरकारले गत वर्ष पूर्वी पहाडका पाँचवटा जिल्ला अस्पताललाई भेन्टिलेटर खरिदका लागि बजेट पठायो । प्रदेश सरकारबाट निकासा भएको बजेटबाट पाँचथर जिल्ला अस्पतालले ४ वटा, धनकुटा जिल्ला अस्पतालले ४ वटा, उदयपुर जिल्ला अस्पतालले २ वटा र इलाम अस्पतालले २ वटा भेन्टिलेटर खरिद गरे । तर ती भेन्टिलेटर अहिले प्रयोगविहीन भएर अस्पतालमै थन्किएका छन् ।कोरोना महामारीका कारण संक्रमितको संख्या बढ्दै गएको अवस्थामा एकातिर गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई भेन्टीलेटरसहितका शय्याको अभाव छ भने अर्कोतिर जनशक्तिको अभ

१३ महिनामा थपिए ५७७ भेन्टिलेटर र ४०० आईसीयू बेड

१० जेठ, काठमाडौं । पछिल्लो १३ महिनामा ५७७ भेन्टिलेटर र ४०० इन्टेन्सिभ केयर युनिट (आईसीयू) बेड थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या ९०४ पुगेको छ भने आईसीयू बेडको संख्या ३ हजार पुगेको छ  । सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए अनुसार १८० भेन्टिलेटर र ६३० बेड […]

संक्रमितले भरियो हेटौंडा अस्पतालको बेड, अक्सिजन पनि छैन

श्रीजना नेपालहेटौंडा :  हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड कोरोना संक्रमितले भरिएका छन्। अक्सिजनको पनि अभाव देखिन थालेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सञ्चालनमा ल्याएको यहाँ ५८ बेड छन्। तिनमा अस्पतालमा रहेका १७ वटा आइसियु, २० वटा एचडियु, १६ वटा स्टेपडाउन र ५ वटा भेन्टिलेटर बेड छन्। बेड खाली नहुँदा केही कोरोना संक्रमित इमर्जेन्सी वार्डमा पनि उपचाररत छन्।२० बेडको व्यवस्था गरी संक्रमितको उपचार सुरु गरेको अस्पतालले संक्रमितको संख

पर्वतमा आइसियू र भेन्टिलेटर त छन्, तर छैनन् जनशक्ति

पर्वत : कोभिड–१९ का सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा उनीहरूलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ।पर्वत अस्पतालमा त्यसका लागि पाँच बेड आईसीयु र तीन ओटा भेन्टिलेटर पनि उपलब्ध छन्। तर आइसियु र भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था भने छैन।करिब पाँच महिना अगाडि नै आइसियु र भेन्टिलेटर सेटिङ गरेर आफूहरू तयारी अवस्थामा बसेको भए पनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटरमा बिरामी आइहाले त्यो सुविधा दिन नसक

नेपालमा कति छन् आईसीयू र भेन्टिलेटर?

काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ। उच्च संक्रमण रहेका जिल्लामा आईसीयू र भेन्टिलेटरको अभाव देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार १९८ बेड आईसीयू र ५०८ वटा भेन्टिलेटर छन्। जसमा ३३१ जना आईसीयूमा र ११५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा रहेका सबै अस्पतालका आईसीयू र भेन्टिलेटर बिरामीले भरिएका छन्।