होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु सरकारसँग असन्तुष्ट, ‘स्वास्थ्य अवस्थाबारे कुनै सोधखोज भएन’

जनकपुरधाम : प्रदेश २ को पर्सा र धनुषामा सयौँको संख्यामा दिनहुँ कोरोना संक्रमितहरु थपिदै गइरहेका छन्। संक्रमितको संख्या दिनदिनै थपिन थालेपछि अस्पताल भरिभराउ भएको भन्दै स्वास्थ्य मन्त्रालयले अस्पतालमा बेड उपलब्ध गराउन नसकिने विज्ञप्ति नै जारी गरिसकेको छ। सोही अनुरुप प्रदेशका करिब ९५ प्रतिशत कोरोना संक्रमितहरु होम आइसोलेसनमा छन्। तर, होम…

सम्बन्धित सामग्री

आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण

होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्धेश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ ।   कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलव्ध गराइएको हो । वितरण गरिएका किटको मूल्य झण्डै १२ लाख बढी रहेको एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताए ।  “कोरोना सङ्क्रमितको सामान्य स्वास्थ्य जाँच गर्न सहज र थप वल पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गरेका छौं”, ...

आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार २५७

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार २५७ जना रहेको बताएको छ। सक्रिय संक्रमितमध्ये ५८ हजार ८६८ जना होम आइसोलेसन र ४ हजार ३८९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ९६७ जना आइसीयूमा र २८५ जना भेन्टिलेटरमा रहेका छन्।

आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८० हजारभन्दा बढी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर कूल सक्रिय कोरोना संक्रमितको संख्या ८० हजार ३३६ जना रहेको बताएको छ। संक्रिय संक्रमितमध्ये ७४ हजार ४३८ जना होम आइसोलेसन र ५ हजार ८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये एक हजार ३१२ जना आइसीयु र ३७५ जना भेन्टिलेटरमा रहेका छन्।

कोरोना लागेपछि आइसोलेसनका लागि रुखमा बसे यी व्यक्ति

कोरोनाभाइरस महमारीको आतंक भारतका गाउँगाउँमा फैलिएको छ ।  गाउँमा स्वास्थ्य केन्द्र त परको कुरा, होम आइसोलेसन पनि सम्भव छैन ।    तेलंगानामा एक युवकलाई कोरोना लागेपछि घरको आँगनमा रहेको रुखमा चढेर आइसोलेसनमा बसेका छन् । परिवारलाई संक्रमणबाट बचाउन उनी रुख चढेका हुन् ।    कोठानन्दीकोंडा गाउँका युवकलाई कोरोना लागेपछि चिकित्सकले होम आइसोलेसनमा बस्न भने । गरीबको घरमा जम्मा एउटा कोठा भएकाले संक्रमित युवक रुख चढेर आइसोलेसनमा बसे ।  एउटै कोठामा चारजनाको परिवार बस्ने गर्छ ।&nbs...

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा होम आइसोलेसन किट वितरण सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट वितरण गर्न सुरु गरेको छ ।...

संस्थागत आइसोलेसनमा बस्न मान्दैनन् संक्रमित, घरमै बस्दा संक्रमण फैलिने जोखिम

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। भारतबाट फर्किएका अधिकांशमा संक्रमण देखिने थालेको छ। झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकको एन्टिजेन परीक्षण गरिन्छ। एन्टिजेन पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको छ। नेगेटिभ रिपोर्ट आएकालाई होम क्वारेन्टाइन बस्न भनिएको छ।बैतडीमा अहिले ६०० भन्दा बढी सक्रिय संक्रमित छन्। संक्रमितमध्ये ११५ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन्। बाँकी होम आइसोलेसन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। दोस्रो लहरको कोरोन

गगन थापाको पहलमा काठमाडौं–४ मा ‘होम आइसोलेसन सेवा’ शुरु

कोरोना संक्रमण भई घरमै आइसोलेसनमा बसेकाका लागि शुक्रबारबाट सेवा प्रारम्भ  गरिएको हो। ‘हेल्थ एट होम’ सँगको सहकार्यमा सांसद कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ ले होम आइसोलेसन सेवा सुरु गरेको हो।

जंगलमा त्रिपालमुनि संक्रमितको बास

कोरोना संक्रमित सिंजा गाउँपालिका–२ घोडेङ्गा गाउँका स्थानीय चन्द्रवीर तिरुवा जंगलमा त्रिपालमुनि बस्न बाध्य भएका छन् । एक साताअघि पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएका तिरुवालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले होम आइसोलेसन अथवा स्थानीय तहको आइसोलेसनमा बस्न भन्दै घर पठाएको थियो ।तर पालिकामा ५ बेडको कोभिड अस्पताल भए पनि स्रोतसाधन केही नभएकाले बस्ने स्थिति रहेन । […]

यस्तो अवस्थामा घरकै आइसोलेसन राम्रो

कोरोना भाइरस सङ्क्रमितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा रवि शाक्य भन्छन्, “कोरोना सङ्क्रमित व्यक्ति सहज भएको खण्डमा होम आइसोलेसन बसेमा तनाव कम हुन्छ तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस

गण्डकीमा १८८७ संक्रमित घरमै, 'होम आइसोलेसन किट’ उपलब्ध गराउने प्रदेशको निर्णय

गण्डकीका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्न प्रोत्साहन दिने निर्णय गरेको छ। प्रदेश स्तरीय कोभिड– १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका सदस्य सचिव केदारनाथ शर्माले बताए।