हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेशले एमसीसीबारे स्थानीय तहहरुमा गएर जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ।
आइतवार बसेको कांग्रेस वाग्मती प्रदेश कार्यसमितिको दोस्रो बैठकले जल्दोबल्दो विषय एमसीसीको सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तु समावेश गरी आमजनताले बुझ्ने सरल र स्पष्ट भाषामा थप विषयवस्तु तयार गरी भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय निकायमा पठाएर जनतालाई बुझाउने…