संकट व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न मन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड १९ संकट व्यवस्थापन हुनेगरी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा केन्द्रित हुन काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । मन्त्री गुरुङले बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरी काठमाडौं देशकै केन्द्र भाग भएकाले कोभिड १९ संकट व्यवस्थापन हुने गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्न अनुरोध गरेका हुन् । ‘जनतालाई त्रास फैल्याउने खालका भ्रमपूर्ण समाचार केही सञ्चारमाध्यमहरुले दिने काम गरिरहेका छन्’ सिंहदरबार