बैतडी : बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सदरमुकाम क्षेत्रका बजारमा सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय सेवा दल (एनसीसी)को चौथो वार्षिकोउत्सवको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरिएको हो। समाजमा रहेका विकृति विसंगति अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए।समाजमा आइपर्ने हरेक किसिमका समस्याहरु न्यूनीकरण गर्न एक आपसमा सहयोगी भावनाको विकास गर्न समाजमा आकस्मिक विपतमा सबैको सहयो