भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) कै पक्षमा देखिएका छन् । नेपाल र भारतबीच भएको पीटीएका प्रावधानविपरित भारत सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका ल्याए पनि प्रधानमन्त्री मोदी भने पीटीएका पक्षमा देखिएका हुन् ।